आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

प्रधानमन्त्रीको स्वास्थ्यमा अपेक्षाकृत सुधार : डा. दिव्या सिंह शाह

प्रधानमन्त्रीको स्वास्थ्यमा अपेक्षाकृत सुधार : डा. दिव्या सिंह शाह


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २७ २०७६, मंगलबार

काठमाडौं, २७ फागुन – प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा अपेक्षाकृत सुधार भएको छ ।’  त्रिवि शिक्षण अस्पतालमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीका निजी चिकित्सक डा. दिव्‍या सिंह शाहले २१ गते मृगौला प्रत्यारोपण गरिएका प्रधानमन्त्रीको स्वास्थ्यमा अपेक्षाकृत सुधार भएको बताएकी छन् । उनले भने, “मृगौला प्रत्यारोपणको आज सातौं दिनसम्म आइपुग्दा प्रधानमन्त्रीज्यूको स्वास्थ्यमा अपेक्षाकृत सुधार आएको छ ।’
प्रधानमन्त्री ओलीको प्रत्यारोपणण शल्यक्रियामा भारतका वरिष्ठ शल्यचिकित्सक डा. अनन्त कुमारको प्रत्यक्ष संलग्‍नतामा प्रा.डा उत्तमकुमार शर्मा, प्रा.डा भिमराज ज्ञवाली, डा. पवनराज चालिसे, डा. भोजराज लुइँटेल, डा. सुदीप पौडेललगायतको संलग्‍नता भएको डा. सिंहले जानकारी दिइन् । अबको दुई दिनमा प्रधानमन्त्रीलाई डिस्चार्ज गरिनेसमेत उनले बताइन् । उनले भनिन्, “प्रधानमन्त्रीलाई एक दुई दिनमै डिस्चार्ज गर्ने तयारी भइरहेको छ । अहिले डिस्चार्ज गर्दा पनि हुन्छ तर, घरबाट नै अस्पतालमा राख्‍न अनुरोध आएपछि केही दिन राख्‍ने तयारी गरेका हौं ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->