काठमाडौं, २९ फागुन – प्रतिनिधिसभाको बैठक बिहिबार बस्दै छ । बिहिबारको बैठकमा नेपाली भूभाग कालापानीबाट भारतीय सेना फिर्ता गर्ने र नेपाली भूभाग फिर्ता ल्याउने विषयमा प्रतिनिधिसभामा दर्ता भएको संकल्प प्रस्तावमाथि छलफल हुँदैछ । सत्तारुढ दल नेकपाका सांसद एवं पूर्वमन्त्री खगराज अधिकारीले संकल्प प्रस्ताव दर्ता गरेका हुन भने सांसद रामकुमारी झाँक्री समर्थक रहेकी छिन् ।
यसैगरी, गृहमन्त्री रामबहादुर थापले अन्तरदेशिय संगठित अपराध विरुद्वको महासन्धि अन्र्तगतको पार्लेमो अभिसन्धिको प्रावधानमाथि सदनमा छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यतालिका रहेको छ । प्रतिनिधिसभाको बैठक बिहीबार बिहान ११ बजेदेखि बस्दै छ । पुस १७ गतेको राष्ट्रियसभा बैठकले सर्वसम्मत रूपमा संकल्प प्रस्ताव पारित गरेको थियो।





