आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

शनिबारसम्म मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना

शनिबारसम्म मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना


  • Dhorpatan News
  • फाल्गुन २९ २०७६, बिहिबार

काठमाडौं, २९ फागुन –  पश्चिमी वायूको प्रभावका कारण शनिबारसम्म देशका विभिन्न स्थानमा मेघगर्जनसहित चट्याङ पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।बिहीबार पश्चिमी क्षेत्रमा बादल लागेर हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको विभागले जनाएको छ । बिहीबार बेलुकी पहाडका केही ठाउँमा हावाहुरी, चट्याङ तथा केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ ।यस्तै शुक्रबार देशका धेरैजसो ठाउँमा बादल लाग्नुको साथै पश्चिमका धेरै ठाउँमा हावाहुरी, चट्याङ, असिना तथा पानी पर्ने सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->