आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

नेकपा ताराखाेलाकाे चाैथाे पूर्ण बैठक सम्पन्न

नेकपा ताराखाेलाकाे चाैथाे पूर्ण बैठक सम्पन्न


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २९ २०७६, बिहिबार

ताराखाेला,२९ फागुन – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ताराखाेलाकाे चाैथाे पूर्ण बैठक तारागाँउमा सम्पन्न भएको छ । बिगतका कार्यकाे समीक्षा गर्दै ,नयाँ केही कार्यक्रमकाे धाेषणा गर्दै बैठक सम्पन्न भएको नेकपा ताराखाेला अध्यक्ष दिवस खत्रीले जानकारी दिए । संगठन बिस्तार एवं सृद्वढीकरण अभियान अन्तगर्त आयाेजित बैठकमा बाेल्दै नेकपा गण्डकी प्रदेश सांसद एवं गण्डकी प्रदेश सचिवालय सदस्य चन्द्र बुढा मगरले अभियान आन्तरिक पार्टी सुदृढीकरण मात्र नभइ सिङ्गो नेपाल र नेपाली जनताको भाग्य र भबिस्य निर्माणको प्रक्रिया भएको बताए । समृद्द नेपाल र सुखी नेपाली को लक्ष्यलाई साकार पार्न सबै एजजुट भएर लाग्नुपर्ने उनले बताए । सांसद बुढाले संघर्ष र बलिदानवाट प्राप्त उपलब्धी सस्थागत गर्दै बिकास, समृद्दी र सुशासन संगै संघियताको जनताले महसूस गर्नेगरि काम गर्नु पर्नेमा जोड दिए । बैठकमा पाँच वडाका वडा कमिटी अध्यक्षहरुले पार्टीको संगठनात्मक अवस्थाको वारेमा जानकारी गराएका थिए । बैठकले तीन महिने संगठन बिस्तार अभियान सन्चालन गर्ने निर्णय गरेको छ ।
बैठकमा गण्डकी प्रदेश सदस्य एवं ताराखाेला गाँउपालिकाका अध्यक्ष प्रकाश घर्ती मगर, गण्डकी प्रदेश सदस्य फाेमलाल निउरे लगाएले बोलेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->