आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

नेकपा गण्डकी : ६३ सदस्यीय सचिवालयमा ८ मात्रै महिला !

नेकपा गण्डकी : ६३ सदस्यीय सचिवालयमा ८ मात्रै महिला !

यसरी बन्यो नेकपा गण्डकीको कार्यालय र सचिवालय


  • ढोरपाटन संवाददाता
  • फाल्गुन ३० २०७६, शुक्रबार

पोखरा, ३० फागुन – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेश कमिटीको ६३ सदस्यीय सचिवालयमा ११ जना मात्रै महिला परेका छन् । पार्टी एकता भएको झण्डै एक बर्षपछि नेकपा गण्डकी प्रदेशले बुधवार ९ सदस्यीय कार्यालय र ६३ सदस्यीय सचिवालय बुधवार गठन गरेको हो । गठन गरिएको कार्यालयमा २ जना महिला र सचिवालयमा ८ जना महिला रहेको गण्डकी प्रदेश कमिटीका सचिव गोविन्द नेपालीले वताए । पार्टीको कार्यालय र सचिवालय पूर्णरुपमा समावेशी भएपनि महिलाको संख्या भने ३३ प्रतिशत पुगेको छैन । प्रदेश कमिटीले मनोनित गर्ने १० प्रतिशत संख्यामा महिला सहभागिता बढाउन ध्यान दिईने सचिव नेपालीले वताए ।
सचिवालयमा प्रदेशका ११ वटै जिल्लाबाट प्रतिनिधित्व रहेको छ । सवैभन्दा बढि कास्की जिल्लाबाट १३ जना र सवैभन्दा कम मुस्ताङबाट ३ जना रहेका छन् । गोरखा जिल्लाबाट ८ जना, बागलुङबाट ७ जना, तनँहुबाट ५ जना, स्याङजाबाट ५ जना, लमजुङबाट ५ जना, नवलपुरबाट ५ जना, म्याग्दीबाट ४ जना, पर्वतबाट ४ जना र मनाङ जिल्लाबाट ४ जनाले सचिवालयमा प्रतिनिधित्व गरेका छन् ।
नौ सदस्यीय कार्यालयमा पार्टी अध्यक्ष हितराज पाण्डे, सचिव गोविन्द वहादुर नेपाली, आशमान रोका, खोपवहादुर कँडेल, गायत्री तमु, नवराज शर्मा, पुण्य प्रसाद पौडेल, बालासिंह काउछा मगर र सम्झना देबकोटा रहेका छन ।
६३ सदस्यीय सचिवालयमा नौ कार्यालय सदस्य सहित इन्द्रलाल सापकोटा, कपिल लामा, कमला नहर्की, केदार सिग्देल, कृष्ण प्रसाद पौडेल, कृष्ण वहादुर थापा, गंगा पोख्रेल, गोविन्द पौडेल, चन्द्रवहादुर बुढा मगर, चन्द्रमणी खराल, चन्द्रमोहन गौचन, जगन्नाथ खनाल, जनक पौडेल, जमिन्द्रमान घले, झक वहादुर थापा मगर, ट्रिपल पि गुरुङ, दिपक कोइराला, धनन्जय ढवाडी, धनप्रसाद सापकोटा, नरदेवी पुन, पदम गिरी, पारसमणि पौडेल, पुण्य भुषाल, पोम्देन खोपेन गुरुङ, प्रेम गुरुङ, प्रेम प्रसाद तुलाचन, बखानीमा तमु, विकास लम्साल र वेद वहादुर गुरुङ (कर्साङ) रहेका छन् ।
त्यसैगरी, अन्य सदस्यहरुमा बेद वहादुर गुरुङ (श्याम), भक्त रसाईली, मधु अधिकारी गुरुङ, मनोहर विश्वकर्मा पौडेल, मित्र शरण शर्मा, मिन प्रसाद गुरुङ, मिना कुमारी गुरुङ, मोहनहरि पौडेल, राजिव पहारी, रामजी प्रसाद बराल, राजेन्द्र केशरी न्यौपाने, रेखा थापा बस्याल, रोशन गाहा, लेखवहादुर थापा मगर, लोकप्रसाद बन्जारा, शैलेन्द्र घिमिरे, श्री प्रसाद शर्मा, सत्यनारायण शेरचन, सिमा क्षेत्री, सुदिप कुँवर, सुर्यप्रसाद गैरे, हरिकृष्ण श्रेष्ठ, हिरा वहादुर खत्री, हेमराज लामिछाने र ज्ञामनाथ गैरेले सचिवालयको जिम्मेवारी प्राप्त गरेका छन ।
‘सचिवालयको पहिलो वैठकले यी कमरेडहरुलाई जिम्मेवारी दिएको हो’, सचिव नेपालीले भने, ‘प्रदेश कमिटीको वैठकले ११ सदस्यीय सविचवालय गठन गरी अन्य सदस्यहरुको टुङ्गो लगाउने जिम्मेवारी सोही सचिवालयलाई दिएको थियो ।’ सोही अनुसार सचिवालयको पहिलो बैठकबाट प्रदेश कमिटीमा रहेका सदस्यबाट जिम्मेवारी तोकिएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->