बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

पेट दुख्दैमा ग्यास्ट्रिक हुन्छ ?

पेट दुख्दैमा ग्यास्ट्रिक हुन्छ ?


  • कृष्ण कुमार सैजू (BHMS)
  • फाल्गुन ३० २०७६, शुक्रबार

अरूची, बढने, पेट दुख्ने, पेट फुल्ने, पेट असजिलो हुने, मुख नमिठो हुने, खाना नपच्ने, खानसाथ दिसा लाग्ने, केही चिज खाएपछि अमिलो डकार आउने या छातिको बीचतिर दुख्ने जस्ता धेरै पेटका समस्याहरू देखिनासाथ हामी ग्यास्ट्रिक भयो भन्छौं ।अल्सर हुँदा दुखाई बढेर आउने, खाली पेट बस्न नसक्ने खायो कि पेट दुखिहाल्ने र कसै कसैलाई बान्ता हुने, खान मन नलाग्ने जस्ता समस्या बढ्दै जाँदा दिसा कालो पनि हुनसक्छ । तर, सबैमा ग्यास्ट्रिक र अल्सरका लक्षण यस्तै नहुन पनि सक्छन् ।

यसो भनिरहँदा पेटका हरेक समस्या ग्यास्ट्रिक र अल्सरमात्र हुन्छ भन्ने हुँदैनन् ।

धेरै बिरामीहरु ग्यास्ट्रिक र अल्सर नभएर पेट र खाना नलीलाई असर गर्ने समस्याबाट ग्रसित हुन्छन् । तर साधारण ग्यास्ट्रिक भनेर उपचार गरेको पाइन्छ ।

के हो त यो रोग ः जि.इ.आर.डी. (ग्यास्ट्रो एसोफेगल रिफ्लक्स डिजिज) ?

सामान्यतया आमाशय (पेट)ले एसिड निकाल्छ । जुन पाचनमा र किटाणुबाट बच्न प्रयोगमा हुन्छ । यो एसिडको मात्रा धेरै हुँदा कसैको खाना नली र पेटलाई जोड्ने भाग खुकुलो भएर आउँछ।

जसले गर्दा पेटमा रहने एसिड छातीमा र घाँटीमा आउन थाल्छ । त्यसलाई रिफ्लक्स (ग्यास्ट्रो एसोफेगल रिफ्लक्स डिजिज) भनिन्छ ।

कसै कसैको त पेटको भाग नै खाना नलीमा आइदिन्छ । यसलाई (HIATAL HERNIA) हाइटल हर्निया भनिन्छ ।

मानिसमा यसले घाँटी पोल्ने, घाँटीमा केही अड्केको महशुस गर्ने, केही चिज खाएपछि अमिलो डकार, अमिलो पानी आउने या छातीको बीचतिर दुख्ने, छाती पोल्ने, सुक्खा खोकी लागिरहने आदि समस्या हुन्छ । सुतेपछि वा बिहानीपख यी समस्या बढ्ने गरेको पाइन्छ ।
बिशेष गरेर युवा, महिला, मोटोपन भएका व्यक्ति, मानसिक तथा शारीरिक थकानमा काम गर्ने व्यक्तिमा यो समस्या देखा पर्न थालेको छ ।

खानपिनको ख्याल नराख्ने, समयमा खाना खाजा नखाने, घर बाहिर बढी खाजा र खाना खाने यक्तिहरु यस्तो खाले समस्या देखिन्छ ।

धेरै पटक रिफ्लक्सका बिरामीको ‘ग्यास्ट्रिक’ भन्दै उपचार हुनेगर्छ । समस्याको सही पहिचान नहुँदा मानिस पनि ग्यास्ट्रिककै औषधि खाइरहेका हुन्छन् ।

औषधि खाँदा हल्का निको भएको अनुभव पनि हुन्छ । कति बिरामी त औषधि खाँदा ठीक तर औषधि छोड्न साथ गाह्रो महसुस गर्छन् ।
लामो समयदेखि ग्यास्ट्रिकको औषधि सेवन गर्दै हुनुहुन्छ र पूर्ण रूपमा समस्या निको भाको छैन वा औषधिमा बानी परेको छ भने ख्यालराख्नुस् हजुरलाई जिइआरडी (ग्यास्ट्रो एसोफेगल रिफ्लक्स डिजिज) पनि हुनसक्छ। यसको उपचार ग्यास्ट्रिकको भन्दा केही फरकहुन्छ ।

IBS आइ.बि.यस. ( इरिटेबल बावल सिन्ड्रोम)

युवा वर्गमा पेटको एक विशेष रोग वा समस्या बढ्दै गइरहेको छ । जसलाई क्ष्द्यक् आइबियस (इरिटेबल बावल सिन्ड्रोम ) भनिन्छ ।

IBS आइबियस (इरिटेबल बावल सिन्ड्रोम) ः

पेटमा केही असहज महसुस भयो कि धेरै मानिस ‘ग्यास्ट्रिक भएको’ भन्दै अस्पताल, क्लिनिकमा आउने गर्छन् । हरेक पेटको रोग ग्यास्ट्रिक वा अल्सर हुँदैनन् ।
यसमा पेट फुल्ने, असजिलो र पेट दुख्ने हुन्छ । कोही कब्जियतको समस्या लिएर जान्छन् । कोही दिनमा ३, ४ पटक दिसा लाग्यो भनेर दिसा गरेपछि हल्का आराम महसुस हुने गर्छ ।
परीक्षण गर्दा सबै जाँच भिडियो एक्सरे, इन्डोस्कोपी, सी.टी स्क्यान, कोलोनोस्कोपीमा केहीपनि खराबी देखिन्न ।
चिन्ता, टेन्सन, अत्तालिएको बेलामा समस्या बढेर आउँछ । केही काम गर्दा भन्दा नगर्दा यसै बस्दा बढी समस्या भएको भान हुन्छ ।

यसलाई आइबीयस (इरिटेबल बावल सिन्ड्रोम) भनिन्छ। यो समस्या थुप्रै मानिसमा देखिने गरेको छ । इरिटेबल बावल सिन्ड्रोम रग्यास्ट्रिक दुबैमा कति पटक उस्तै लक्षण देखिन्छन् ।

धेरै पटक यी दुईबीच भिन्नता छुट्याउन गाह्रो हुन्छ । ‘ग्यास्ट्रिक’ भन्दै उपचार हुने गर्छ । समस्याको सही पहिचान नहुँदा मानिस इरिटेबल बावल सिन्ड्रोममा पनि ग्यास्ट्रिककै औषधि खाइरहेका हुन्छन् ।

कसरी हुन्छ त यो समस्या ?
१. चुरोट, रक्सी, खैनी, सुर्तीको प्रयोग सानै स्कूल, कलेजबाटै हुँदा ।
२. जंक फूड, चिल्लो, अमिलो, पिरो, अजिनोमोटो राखेको खाजा, चट्पट, पानीपुरी, दालमोठ, चाउचाउ, तेलमा, घिउमा फ्राइ गरेको, तारेको, पकौडा, समोसा, नम्किन, चकलेट, चना, केराउ, कोक नै स्थायी खाजाको रुपमा लिनाले ।

३. अफिसमा काम गर्ने, बाहिर काममा हिँड्नुपर्नेहरू खाली पेट बढी बस्ने, खानपिनको ख्याल नराख्ने, समयमा खान खाजा नखाने, घरबाहिर बढी खाजा खाने, खाजा राम्रो नखाने ।

४. दुई छाक टन्न खाने, यसले २४ घण्टालाई टार्न खोज्ने तर दिउँसो खाजा नखाने ।

५. दूध चिया बढी खाने, कफी खाने चलन

६. चकलेट, कोक, फ्यान्टा जस्ता कृतिम पेय पदार्थको बढी प्रयोग।

७. चिल्लो, रातो मासु, तेलमा, घिउमा फ्राइ गरेको, तारेको माछा मासु फ्राइ गरेको बढी खाने, रक्सीको बढी प्रयोग आदि ।

८. घर बाहिर बढी खाने चलन ।

के गर्ने ?

यस्तो तरिकाको खानपानले पनि हाम्रो समाजमा अहिलेको पेटको समस्या बढ्दै गइरहेको छ । के खाने, के नखाने त्यो बुझ्नु आवश्यक छ । साथ साथमा निम्न कुरामा पनि ख्याल राख्नु उत्तिकै आवश्यक हुन्छ ।

पानी बढी पिउने, हरियो सागसब्जी, तरकारी खाने, गिलो गरेर दाल भात खाने, खाजा राम्रो खाने । खाली पेट बस्दै नबस्ने तर खान पायो भन्दैमा धेरै टन्नै पनि नखाने । खाना खान साथ नपल्टने । खाना खाएको २ घण्टापछि मात्र सुत्ने । बेलुकाको खाना थोरै र हलुका खाने । दिनमा थोरै तर ३÷४ घण्टाको फरकमा पटक, पटक थोरै र हलुका केही खाइरहने ।

चिल्लो, पिरो, अमिलो, जंकफुड आदिलाई आफ्नो भोजनमा प्राथमिकता दिनु हुँदैन ।

सिरानी हल्का अग्लो बनाएर सुत्दा समस्या कम हुनसक्छ ।

डाक्टरलाई बेला बेलामा देखाउने, आवश्यकता अनुसार औषधि बढ्ने, घट्ने पनि हुन सक्छन् । नियमित व्यायाम गर्ने, वजन घटाउने, रोगको सही पहिचान, डाक्टरको सल्लाह बमोजिम औषधी केही समय मिलाएर खानुपर्छ । यसो गर्न सके यी समस्याबाट टाढै रहन सकिन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->