बागलुङ,३० फागुन – राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपालको १९ औ स्थापना दिवस जिल्ला कार्य समिति बागलुङले दिप प्रज्वलन गरेर मनाएको छ । फागुन २८ गते बागलुङ बजारको लोकतान्त्रिक चोकमा प्रतिष्ठानका पदाधिकारी सदस्यहरु तथा शुभेच्छुक हरुको उपस्थितिमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न भएको प्रतिष्ठान बागलुङका सचिब शिव शर्माले बताउनु भयो । कार्यक्रममा सस्थाका सल्लाहकार लक्ष्मण श्री , प्रतिष्ठान गण्डकी प्रदेसका सदस्य रेणु केसिले शुभकामना मन्तव्य राख्नु भएको थियो । प्रतिष्ठान बागलुङका अध्यक्ष गणेश पौडेलको अध्यक्षता, प्रथम उपाध्यक्ष सरस्वती खड्का परियारको स्वागत र सचिब शर्माको सन्चालनमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।
त्यसैगरि पर्वत शाखाले जिल्ला कारागार पर्वतमा रहेको थुनावा तथा बन्दीहरु लाई लोक तथा दोहोरी गीत प्रतिष्ठान पर्वतले रेडियो सेटहरु प्रदान गरेको छ ।
सूचनाको हक सबै नागरिकलाई हुने भएकोले कारागारमा रहेकाहरुले पनि त्यो अधिकार पाउने भएकोले प्रतिस्ठान स्थापना भएको १९ औँ बर्षको अवसरमा रेडियो सेटहरु वितरण गरिएको हो । कारागारमा टेलीभिजन रहेको भएपनि रेडियो सेटहरु नभएका कारण रेडियो नै वितरण गरिएको लोक तथा दोहोरी गीत प्रतिष्ठान प्रतिष्ठान पर्वतका अध्यक्ष दीपक गदालले बताए । ‘कारागारमा थुनिएकाहरुलाई पनि गीत संगीत सुन्न मान लाग्छ, समाचारहरु थाहा पाउन मन लाग्छ ।’ उनले भने, ‘रेडियोबाट प्रशारित सामग्रीहरुले उनीहरुलाई सुधार्नको लागि सहयोग गर्दछ । असल अभ्यास गर्ने बानीको विकास गराउन सजिलो हुन्छ ।’
प्रतिष्ठानले हस्तान्त्रण गरेका रेडियो सेटहरु महिला बन्दीहरुलाई रेखिएको एउटा कोठा र पुरुष बन्दीहरुलाई राखिएको ६ ओटा कोठामा राखिने छ ।
सो अवसरमा बोल्दै प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले थुनुवा तथा बन्दीहरुप्रति समाजमा सकारात्मक सोचको विकास हुँदै गएको बताउँदै उनीहरुमा सुधार ल्याउन पहल गर्नु सबैको दायित्व भएको बताईन् । ‘रेडियोबाट बज्ने सूचनाहरुले सुधार हुनको लागि बल पुग्छ ।’ उनले भनिन्, ‘मान्छे सबै दोषी हुँदैनन्, कोहीले अचानक अपराध गरेका हुन्छन त कोही परीबन्धले जेल चलान भएका हुन्छन् ।’ संगीतको शक्तिले व्यक्तिलाई मनोरञ्जन संगसंगै सकारात्मक सोचको पनि विकास गराउने भएकाले प्रतिष्ठानको कामप्रति प्रजिअ नेपालले धन्यावाद ज्ञापन गरिन् ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक श्यामु अर्याल, उद्योग वाणिज्य संघ पर्वतका अध्यक्ष तथा प्रतिष्ठानका सल्लाहकार केदारनाथ शर्मा, निवर्तमान अध्यक्ष तथा सल्लाहकार हरिओम शर्मा लामिछाने, कारागारका निमित्त जेलर हरिकृष्ण शर्माले पनि थुनामा रहेकाहरुको मनमा उत्पन्न हुने नैरास्यतालाई हटाउन रेडियो सारथी रहेको बताँदै प्रतिष्ठानले गरेको कामको प्रशंसा गरे ।
प्रतिष्ठानकी प्रथम उपाध्यक्ष पूजा कार्की शर्माले स्वागत मन्तब्य राखेको कार्यक्रमको संचालन प्रतिष्ठानका सचिव सन्तोष सुवेदीले गरेका थिए । कार्यक्रम प्रतिष्ठानका अध्यक्ष दीपक गदालको अध्यक्षतामा सम्पन्न भएको थियो ।
लोकदोहोरी प्रतिष्ठानको केन्द्रिय परिपत्र अनुसार नै प्रतिष्ठान स्थापना भएका सबै जिल्लाहरुमा बिभिन्न कार्यक्रमहरु बिहीबार नै सम्पन्न भएका छन् । प्रतिष्ठानको केन्द्रिय समितिले हरेक बर्ष फागुन २९ गतेलाई लोक दाहोरी दिवसको रुपमा मनाउने निर्णय समेत गरेको छ ।





