आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

‘महामारी बिरुद्ध लड्न एकजुट बनौं’

‘महामारी बिरुद्ध लड्न एकजुट बनौं’


  • ढोरपाटन संवाददाता
  • फाल्गुन ३० २०७६, शुक्रबार

बागलुङ,३० फागुन – महामारी र प्राकृतिक प्रकोप नियन्त्रणका लागि लोककल्याणकारी सन्देश प्रवाह र हरेक नागरिकले व्यक्तिगत सुरक्षामा ध्यान दिनुपर्ने एक कार्यक्रमका सहभागिले बताएका छन् ।

स्वाथ्य कार्यालय बागलुङको आयोजनामा इपिडिमियोलोजी, औलो कालाजार नियन्त्रण तथा प्राकृतिक प्रकोप व्यवस्थापन सम्बन्धी कार्यक्रमका सहभागिले मौषम अनुसारका प्रकोप र सुरक्षाको लागि आम नागरिकलाई सचेत बनाउनु पर्ने बताए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गौलोचन सैजुले हरेक स्वास्थ्य संस्थामा आइसोलेसन वार्ड अनिवार्य बनाउनुपर्ने सुझाव दिए । हाल विश्वव्यापी रुपमा समस्यामा देखिएको कोरोना भाइरस नियन्त्रण सहित गर्मी लागेपछि आउने मौषमी समस्यालाई नियन्त्रणका लागि समेत ती वार्डहरु सहयोगी बन्ने बताए । उनले धौलागिरी अञ्चल अस्पतालले बनाएझै निजी स्वास्थ्य संस्थाले पनि आइसोलेसन वार्ड बनाउनुपर्ने सुझाव पनि दिए । बाहिरी सुरक्षामा प्रशासनले साथ दिने भन्दै उनले मेडिकल सुरक्षाका लागि स्वास्थ्यकर्मी निरन्तर खटिन पनि निर्देशन दिए ।

कार्यक्रममा स्वास्थ्य कार्यालयका प्रमुख सुरज गुरौंले धेरै मानिसको जमघट गर्नु भन्दा सुरक्षाका सन्देश प्रवाहमा ध्यान दिनुपर्ने बताए । उनले कार्यपत्र समेत प्रस्तुत गर्दै सिमा क्षेत्रमा हेल्पडेक्स बनाउनुपर्ने आवस्यकता औल्याए । कार्यक्रममा निजी तथा सरकारी र पालिका स्तरीय स्वास्थ्य संस्थाका प्रमुख र धौलागिरी अञ्चल अस्पतालका चिकित्सक तथा स्वास्यकर्मी समेत सहभागि थिए । उनीहरुले ईपिडिमियोलोजीको आवस्यकता बारे पनि छलफल गरेका थिए । नेपाल सरकारले महामारी रोकथामका लागि स्थापना गरेको यो महाशाखाबाट कोरोना भाइरसबारेको सचेतना अभिायन साथै अन्य धेरै प्रकोप बारे सूचना प्रवाह गरिरहेको र उक्त सूचनाहरु जनताको घरदैलोमा लैजान आवस्यक भएको बताइएको थियो । दुइ सय बर्षदेखि विश्वमा सबैभन्दा बढी समस्याको रुपमा लामखुट्टे देखिएको समेत बताइएको थियो । लामखुट्टे नियन्त्रण र टोकाईबाट बच्न सक्नुले सबैभन्दा धेरै रोगबाट वच्ने उपाया भएको पनि गुरौले बताए ।

कार्यक्रममा कोरोना भाइरस बारे सम्भु ज्ञवाली सहित जनस्वास्थ्यका अन्य समस्या बारे यम बराल, डा. दिपक मगराती, डा. मिलन मल्ल लगायतले प्रस्तुतीकरण गरेका थिए । दुइ दिन सम्म चल्ने कार्यक्रममा डा. अरुण गौतम, प्रदिप श्रेष्ठ लगायतले पनि प्रस्तुतीकरण गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->