आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

प्रधानमन्‍त्री केपी ओलीको उपचार खर्च जम्मा ६ लाख !

प्रधानमन्‍त्री केपी ओलीको उपचार खर्च जम्मा ६ लाख !

‘अहिले सबै हिसाब भएको छैन’, डा. खड्गाले भने, ‘उहाँको उपचार खर्च ५ देखि ६ लााखसम्म भएको अनुमान गरिएको छ।’ 


  • ढोरपाटन संवाददाता
  • फाल्गुन ३० २०७६, शुक्रबार

काठमाडौं, ३० फागुन – त्रिवि शिक्षण अस्पतालमा दोस्रो पटक मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री केपी ओलीको उपचार खर्च ६ लाख भएको छ। फागुन १९ गते अस्पताल भर्ना भएका ओलीको १२ दिनको उपचार खर्च ५ देखि ६ लाखसम्म भएको अनुमान गरिएको अस्पतालका कार्यकारी निर्देशक डा. प्रेमकृष्ण खड्गाले जनकारी दिए। उपचार खर्चको बिल भने बनिनसकेको उनले बताए।  ‘अहिले सबै हिसाब भएको छैन’, डा. खड्गाले भने, ‘उहाँको उपचार खर्च ५ देखि ६ लााखसम्म भएको अनुमान गरिएको छ।’
पहिलो पटक २०६४ सालमा भारतमा मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओलीले ६९ वर्षको उमेरमा स्वदेशमै फागुन २१ गते दोस्रो पटक मिर्गौला प्रत्यारोपण गराएका हुन्। मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वास्थ्य लाभ गर्दै ओली शुक्रबार साँझ डिस्चार्ज भएका हुन्। प्रधानमन्त्री ओलीलाई अस्पतालबाट सिधै सरकारी निवास बालुवाटार लगिएको छ। प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाको हेरचार बालुवाटारमा निजी चिकित्सक र नर्सले गर्ने चिकित्सकले बताएका छन्। ओलीलाई उनकी भाञ्जी ३० वर्षीया समीक्षा संग्रौलाले मिर्गौला दिएकी हुन्। समीक्षा भने पूर्ण स्वास्थ्य लाभ गर्दैै फागुन २८ गते डिस्चार्ज भएकी हुन्।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->