बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

दादुरा रुवेला खोप सम्बन्धि अभिमुखिकरण 

दादुरा रुवेला खोप सम्बन्धि अभिमुखिकरण 


  • कमल पौडेल
  • चैत्र १ २०७६, शनिबार

बागलुङ,१ चैत – दादुरा रुवेला खोप अभियान २०७६÷७७ अन्तरगत बडिगाड गाउँपालिका खोप समन्वय समिति र सरोकारवालाहरुको अभिमुखिकरण कार्यक्रम खार बजारमा सम्पन्न भएको छ। सो कार्यक्रममा बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाले सवै स्वास्थ्यकर्मि तथा जनप्रतिनिधिलाई इमान्दारी पुर्वक जिम्मेवारी बहन गर्न आग्रह गरे। एक जनाको हेलचेक्राईले कैयौँ बालक खोपवाट छुट्न सक्ने भन्दै सवै प्रकारका महामारी विरुद्ध एकजुट हुन आह्वान गरे। कार्यक्रममा बडिगाड गाउँपालिकाका सवै कार्यपालिका सदस्यहरु तथा बडिगाड भित्रका स्वास्थ्यकर्मिहरुको सहभागिता रहेको थियो। सो कार्यक्रमको सहजिकरण स्वास्थ्य शाखाका चुरामणि कँडेलले गरेका थिए।

त्यस्तै दगातुन्डाडा स्वास्थ्य चौकी अन्तरगत खर्वाङ स्वास्थ्य इकाई र सरोकारवालाहरुको अभिमुखिकरण कार्यक्रम जिल्ला समन्वय समितिको हल खर्वाङमा सम्पन्न भएको छ। सो कार्यक्रममा वडिगाड गाउँपालिका वडा नं. २ का अध्यक्ष ढाल प्रसाद शेरचनले वडा नं. २ का ९ महिना देखि ५ वर्ष भित्रका सवै बालवालिकाहरुलाई दादुरा रुवेला विरुद्धको खोप पुग्नुपर्ने त्यसको लागी वडाको तर्फवाट पूर्ण सहयोग रहने बताए। कार्यक्रम दगातुन्डाडा स्वास्थ्यचौकीका इन्चार्ज हेम पुनको सहजिकरणमा सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->