आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

कोरोनाविरुद्ध लड्न सार्क राष्ट्रका कार्यकारी प्रमुखहरूबीच भिडियो कन्फरेन्स हुँदै

कोरोनाविरुद्ध लड्न सार्क राष्ट्रका कार्यकारी प्रमुखहरूबीच भिडियो कन्फरेन्स हुँदै


  • Dhorpatan News
  • चैत्र २ २०७६, आइतबार

काठमाडौं, २ चैत – दक्षिण एसियाली सहयोग संगठन (सार्क) राष्ट्रका प्रधानमन्त्री तथा कार्यकारी प्रमुखहरूबीच आइतबार साँझ कोरोना भाइरस (कोभिड-१९)बारे छलफल हुने भएको छ । विश्वभर महामारीको रूप लिइरहेको कोरोनाविरुद्ध कस्तो रणनीति बनाउने भन्ने विषयमा सार्कमा आबद्ध ८ राष्ट्रका कार्यकारी प्रमुखहरूबीच भिडियो वार्ता हुने भएको हो ।प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र सल्लाहकार राजन भट्टराईका अनुसार आइतबार साँझ सवा ५ बजे सार्क राष्ट्रका कार्यकारी प्रमुखहरूबीच भिडियो कन्फरेन्समार्फत कोरोनाविरुद्ध कसरी संयुक्त रूपमा लाग्ने भन्नेबारे छलफल हुनेछ । प्रधानमन्त्री ओलीले सिंहदरबारस्थित ुएक्सन रुमु बाट आफ्ना धारणा राख्ने उनको सचिवालयले जानकारी दिएको छ ।

प्रधानमन्त्री ओली दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरेर शुक्रबारमात्रै बालुवाटार फर्किएका हुन् । उनी उपचारको क्रममा १२ दिन त्रिवि शिक्षण अस्पताल महाराजगन्जबसेका थिए। अस्पतालबाट डिस्चार्ज भएपछि ओली पहिलो पटक प्रधानमन्‍त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार छिर्न लागेका हुन् ।सार्कमा रहेका नेपाल, भारत, पाकिस्तान, बंगलादेश, अफगानिस्तान, भुटान, माल्दिभ्स र श्रीलंकाका कार्यकारी प्रमुखहरूबीच छलफल हुने भएको हो ।भारत र पाकिस्तानबीचको द्वन्द्वका कारण कामविहीन बनेको सार्कपछिल्लो समय निष्क्रिय भएको थियो । यी दुई देशको द्वन्द्वका कारण सार्कको पाकिस्तानमा हुने भनिएको १९ औंशिखर सम्मेलन पनि हुन सकेको थिएन ।

कोरोनाको संक्रमण सार्क राष्ट्रहरूमा पनि बढ्दै गएपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले यो क्षेत्रीय संगठनमार्फत त्यसविरुद्ध संयुक्त रूपमा लड्‍नुपर्ने प्रस्ताव गरेका थिए । मोदीको प्रस्तावको नेपाल, भुटानलगायत देशले सुरुमा नै स्वीकार गरेका थिए । पाकिस्तानलेभनेशनिबारमात्रै उक्त प्रस्ताव स्वीकारेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->