आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

बागलुङदेखि ढोरपाटन सम्मको साईकल यात्रामा युवाहरु

बागलुङदेखि ढोरपाटन सम्मको साईकल यात्रामा युवाहरु


  • Dhorpatan News
  • चैत्र २ २०७६, आइतबार

बागलुङ,२ चैत – नेपालका विभिन्न स्थानबाट बागलुङ आएका युवाहरुको टोली बागलुङ देखि ढोरपाटन सम्मको साईकल यात्रामा निस्केका छन् ।पद्येन्द्रनाथ कर्माचार्य, कवि मर्हजन, रविकर तामाङ र शरद चन्दको समूह साइकल यात्रामा ढोरपाटन निस्किएका हुन् । जिल्ला सदरमुकामबाट ढोरपाटन शिकार आरक्ष सम्म पुग्ने साइकल यात्रामा निस्केको टोली का पद्येन्द्रनाथ कर्माचार्यले जानकारी दिए । बिभिन्न स्थानको गन्तव्य ‘रुट’ पहिचानका लागि साहसिक साइकल यात्रा तय गरेको उनले बताए ।पाँच दिने साइकल यात्राका क्रममा साईकल मार्फत ढोरपाटन पुग्नका लागि आवश्यक रुट, आवास तथा विश्राम स्थल लगायतका सम्भावनाहरुको पहिचान गरिने पर्यटन व्यवसायी महादेव शर्माले जानकारी दिए ।
साईकल यात्रा पर्यटन विकासको लागि महत्वपूर्ण भएकाले बागलुङ हुँदै ढोरपाटन सम्म साईकल मार्फत पर्यटक पु¥याउने उद्देश्य राखेर अध्ययनका लागि साइकल यात्रामा हिडेको कर्माचार्यले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->