काठमाडौं,२ चैत – सातै प्रदेशका मुख्यमन्त्रीहरूलाई सरकारले काठमाडौं बोलाएको छ।कोरोनाभाइरस संक्रमण नेपालमा पनि देखिन सक्ने भएकोले सतर्कता अपनाउन र कसरी एकीकृत कार्ययोजना बनाएर जान सकिन्छ छलफल गर्न मुख्यमन्त्रीहरूलाई बोलाइएको हो। सरकारले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा कोरोनाभाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समिति गठन गरेको छ। उक्त समितिले नै बैठकका लागि मुख्यमन्त्रीहरूलाई काठमाडौं बोलाएको हो।
‘कतिपय मुख्यमन्त्रीजीहरू काठमाडौं आइसक्नुभएको छ। कतिपय आउँदै हुनुहुन्छ,’ उनले भने, ‘कोरोनाभाइरस संक्रमणसँग कसरी जुध्ने एकीकृत कार्ययोजना बनाएर अगाडि जाने विषयमा बैठकमा छलफल हुनेछ।’बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अहिलेसम्म सरकारले गरेका कार्यप्रगतिका विवरण पेश गर्ने कार्यक्रम छ।





