स्याङ्जा, २ चैत- कालीगण्डकी गाउँपालिका ५ बाँसटारीका आगोलागि पिडितलाई राहात वितरण गरिएको छ । कालीगण्डकी गाउँपालिकाले आगोलागिमा परि घर गोठ जल्नुका साथै पशुचौपाया परेका स्थानीय बासिन्दालाई प्रति घर रु १५ हजार र प्रति गोठको १० हजारका साथै घर निर्माणको लागि आवश्यक जस्ता पाता, त्रिपाल र बलाङ्केट वितरण गरिएको गाउँपालिका नजाएको छ ।
आगलागिमा परेर घर गोठ जल्नुका साथै अन्य सामाग्रीमा समेत क्षती पुगेकोले तत्कालको लागि गाउँपालिकाको तर्फबाट सहयोग गरेको र थप सहयोगको लागि गण्डकी प्रदेश सरकार संग आग्रह गरेको गाउँपालिका अध्यक्ष खिम थापाले जानकारि दिए ।
गाउँपालिका अध्यक्ष थापाले दुखद घटना हुन पुगेको बताउदै यो दुखको घडीमा गाउँपालिका साथमा रहेको बताउदै थप सहयोगको लागि पहल गरिरहे बताएका छन् । गत बिहिबार दिउसो एक्कासि आगलागि हुदा दुई घर र चार गोठ जलेर नष्ठ भएको थियो भने एक घरमा आम्सिक क्षती भएको र दुई भैसी जलेर मरेका थिए ।
दिउसो नेत्रप्रसाद न्यौपानेको घरमा कुडो पकाउने क्रममा आगो गोठमा सल्किन पुगी गोठ जलेपछि सोही आगो अन्य घर र गोठमा पनि सल्किन पुग्दा ठुलो क्षती हुन पुगेको थियो । आगोलागि हुदा अन्दाजी २३ लाख १३ हजार बराबरको क्षति भएको अनुमान गरिएको छ ।





