बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

बडिगाड गाउँपालिकाले विद्यालय समायोजन गर्ने

बडिगाड गाउँपालिकाले विद्यालय समायोजन गर्ने

मगरभाषा पढाउन छुट्टै शिक्षकको व्यवस्था


  • कमल पौडेल
  • चैत्र ३ २०७६, सोमबार

बागलुङ,३ चैत – बडिगाड गाउँपालिकाले नयाँ शैक्षिक सत्रवाट विद्यालय समायोजन गर्ने तयारी गरेको छ। बडिगाड गाउँकार्यपालिकाको ६० औं वैठकले विद्यालय समायोजन गर्ने निर्णय गरेको हो। जसको लागी यहि चैत्र ४ गते गाउँपालिका भित्रका सवै विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु सहितको वृहत छलफल गरि समायोजन सहितको खाका तयार गर्ने गाउँपालिकाले जनाएको छ।कार्यपालिकाको बैठकले हेवि इक्विपमेन्ट संचालन तथा मर्मत सम्हार कार्यविधि पास गरेको छ, कफि खेती सम्बन्धि कार्यशाला सञ्चालन गर्ने, टपरी उद्योग संचालनको लागी सुचना आह्वान गर्ने, जनजाति लक्षित कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ।त्यस्तै कार्यपालिका बैठकले गाउँपालिकाको गौरवको योजनाको रुपमा जैवगर–बायदिप–जलजला–रणसिंह सडकको लागी १ करोड ८० लाख विनियोजन गर्ने, नयाँ शैक्षिक सत्रमा प्रत्येक वडाका १÷१ विद्यालयमा मगरभाषा कक्षा सञ्चालन गर्ने जसको लागी १÷१ मगरभाषा शिक्षकको व्यवस्था गाउँपालिकाले गर्ने निर्णय गरेको छ।६० औं कार्यपालिका बैठकले गाउँपालिका भित्र शिक्षक सेवा पुरस्कारको लागी छनौट समितिको गठन गरेको छ जसको संयोजकमा वडा नं. ३ का अध्यक्ष तथा शिक्षा, स्वास्थ्य तथा सामाजिक विकास संयोजक खड्क पुन रहनुभएको छ भने सदस्यहरुमा वडा नं. १ का अध्यक्ष बोम बहादुर थापा, वडा नं. ५ का अध्यक्ष अर्जुन खरेल, कार्यपालिका सदस्य केशमाया छन्त्याल, र सदस्य सचिवमा शिक्षा शाखाका अधिकृत प्रकाश बहादुर क्षेत्री रहेका छन ।त्यस्तै पालिका अध्यक्ष मेहरसिंह पाइजा संयोजक, उपाध्यक्ष अम्मर बहादुर श्रीस सदस्य र प्रमुख प्रशासकिय अधिकृत बालकृष्ण सुवेदी सदस्य रहेको राष्ट्रपती शैक्षिक सुधार कार्यक्रम अन्तरगत विद्यालय छनौट गर्ने समितिको गठन गरेको छ।त्यस्तै वैठकले एसइइ परीक्षामा उत्कृष्ठ हुने विद्यार्थी र विद्यालयलाई सम्मान गर्ने निर्णय गरेको छ। उत्कृष्ठ हुने पालिका भित्रको विद्यालयलाई १ लाख नगद सहित सम्मान गर्ने गाउँपालिकाले जनाएको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->