मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

विद्यालयका अध्यक्षले तिरिदिए ३० विद्यार्थीको ९० हजार शुल्क

विद्यालयका अध्यक्षले तिरिदिए ३० विद्यार्थीको ९० हजार शुल्क


  • संजय रेग्मी
  • चैत्र ४ २०७६, मंगलबार

पर्वत,४ चैत – पर्वतको कुस्मा नगरपालिका ३ दुर्लुङका समाजसेवी रामबहादुर गुरुङले आफ्नै गाउँका ३० जना विद्यार्थीहरूको अतिरिक्त कक्षाको लागि ९० हजार रुपैयाँ तिरिदिएका छन् ।
साबिकको धौलागिरी बस व्यवसायी समितिका पूर्व अध्यक्ष तथा समाजसेवी गुरुङले आफू नै अध्यक्ष रहेको काफलचौर माध्यमिक विद्यालयबाट एसइई परीक्षामा सम्मिलित हुन लागेका ३० जना विद्यार्थीहरूको शुल्क तिरिदिएको विद्यालयका प्रधानाध्यापक लक्ष्मण गौतमले जानकारी दिए । अध्यक्ष आफैले विद्यालयका लागि गरेको योगदानले शैक्षिक गुणस्तरमा अभिवृद्धि गर्नका लागि थप दबाब दिएको बताए । विद्यालयले एसइईको लागि अतिरिक्त कक्षाहरुको संचालन गरिरहेको छ । अतिरिक्त कक्षाबापत एकजना विद्यार्थीले डेढ महिनाको ३ हजार तिनुपर्छ ।
समाजसेवी तथा सहयोगदाता गुरुङले आपूmले शिक्षा क्षेत्रको विकासबिना देशका अन्य प्रणालीहरू पनि कमजोर बन्ने भएकोले विद्यार्थीहरूलाई हौसला प्रदान गर्नको लागि व्यक्तिगत खर्चमा नै शुल्क तिरेको बताए । ‘मैले गरेको अलिकति सहयोगले पनि विद्यार्थीहरूलाई हौसला पुग्छ भन्ने विश्वास छ’। उनले भने, ‘विद्यार्थीले एसइई कमजोर नबनाउन तथा कतिपयको आर्थिक अवस्था दयनीय रहेका कारण समस्या भएकोले सहयोग गरेको हुँ।’ गुरुङ गएको पुस ११ गते भएको अभिभावकहरूको भेलाबाट विद्यालयको व्यवस्थापन समितिको अध्यक्षमा चुनिएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->