मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

गुप्तेश्वर बहुमुखीमा प्राध्यापकको ताला

गुप्तेश्वर बहुमुखीमा प्राध्यापकको ताला

नौ महिनादेखिको सुविधा नपाएको गुनासो


  • Dhorpatan News
  • चैत्र ४ २०७६, मंगलबार

पर्वत,४ चैत – गुप्तेश्वर बहुमुखी क्याम्पस पर्वतमा प्राध्यापकहरुले क्याम्पस प्रशासकको कार्यकक्षमा तालावन्दी गरेका छन् । क्याम्पसमा अध्यापनरत प्राध्यापक र कर्मचारीहरुले नौ महिनादेखि पारीश्रमिक नपाएको भन्दै क्याम्पस प्रशासनमा ताला लगाएका हुन । लामो समयको तलव भत्ता रोकेको, क्याम्पस प्रशासनले विनियम अनुसार सञ्चालन नभई प्राध्यापकहरुको सेवा सुविधामा विभेद गरेको भन्दै सोमबार बिहान प्रशासन कक्षमा तालावन्दी गरेका हुन् ।
क्याम्पसमा अध्यापनरत २२ जना प्राध्यापक र ५ कर्मचारीहरुले आन्दोलित हुँदै तालावन्दी गरेको जनाएका छन् । ९ महिना सम्म तलब नपाउँदा पनि क्याम्पस प्रशासन र सञ्चालक समिति गैह्र जिम्मेवार बन्दै गएको उनीहरुको आरोप छ । सो सँगै क्याम्पसमा छोटो अवधि सम्म अध्यापनरत प्राध्यापकलाई दिने सुविधा र २० बर्ष सम्म अध्यापनरत प्राध्यापकलाई दिने सुविधामा समेत विभेद भएको आन्दोलित प्राध्यापक तथा कर्मचारीहरुले आरोप लगाएका छन् ।
तालबन्दी पछि सोमबारदेखि क्याम्पसका सम्पूर्ण प्रशासनिक कार्य प्रभावित बनेका छन् । तालाबन्दी गरेपनि प्राध्यापकहरुले अध्यापन कार्य भने रोकेका छैनन् । ‘हाम्रा समस्याका कारण विद्यार्थीहरुको भविष्य विगार्ने काम गर्दैनौँ’ एक प्राध्यापकले भने ‘क्याम्पस प्रशासन र सञ्चालक समितिले माग सुनुवाई नगरेसम्म हामी क्याम्पस प्रशासनलाई सञ्चालन गर्न दिदैनौ’ उनले लामो समय सम्म समस्या दर्शाउँदा पनि सम्बन्धित निकायबाट सुनुवाई नभएको गुनासो गरे ।
यता क्याम्पस सञ्चालक समितिका अध्यक्ष सुन्दरप्रसाद जोशीले भने क्याम्पसमा अध्यापनरत प्राध्यापक र कर्मचारीहरुको समस्या समाधानका लागि प्रयास भइरहेको बताए । स्नातक तह सम्म अध्ययन हुने क्याम्पसमा अहिले २ सय ४० विद्यार्थी छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->