आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

पोखराको जंगलमा मध्यराति ‘ट्रान्सपार्टी’, २५ जना पक्राउ

पोखराको जंगलमा मध्यराति ‘ट्रान्सपार्टी’, २५ जना पक्राउ


  • ढोरपाटन संवाददाता
  • चैत्र ५ २०७६, बुधबार

पोखरा,५ चैत – नेपालको पर्यटकीय नगरी पोखरामा ट्रान्सपार्टी गरेको आरोपमा प्रहरीले २५ जनालाई पक्राउ गरेको छ।
कास्की जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी दानबहादुर कार्कीका अनुसार पोखराको लकेसाइडमा पर्ने पामे क्षेत्रबाट मंगलबार राति उनीहरूलाई नियन्त्रणमा लिइएको हो। ‘कार्यक्रम जंगलमा भएको हो। २५ जना नियन्त्रणमा लिएका छौं,’ एसपी कार्कीले  भने, ‘घटनाबारे थप अनुसन्धान गरिरहेका छौं।’
जिल्ला प्रहरी कार्यालयका डीएसपीको कमान्डमा गएको प्रहरी टोलीले उनीहरूलाई राति जंगलबाट नियन्त्रणमा लिएर २५ जनाजतिलाई जिल्ला प्रहरी कार्यालयतर्फ ल्याउँदै गरेको एसपी कार्कीले जानकारी दिए।
‘पामे क्षेत्रभन्दा माथि जंगलभित्र राति मान्छे भेला भएका छन्, पार्टीजस्ताे भइरहेकाे छ भन्ने सूचना पाइयो,’ एसपी कार्कीले भने, ‘त्यो ठाउँ गाडी नजाने, एक/डेढ घण्टा हिँडेर जानुपर्ने रहेछ।’ ट्रान्सपार्टी नै हो नि? प्रश्नमा एसपी कार्कीले भने, ‘राति जंगलमा, त्यस्तै हो।’
मान्छेहरू हाई लेबलकै होलान् हैन? एसपी कार्कीले भने, ‘लेबलसेबल त थाहा भएन, मान्छे ल्याइपुर्‍याएको छैन, जुन लेबलको भए पनि कार्बाही उही हो।’
ट्रान्सपार्टी लागुऔषध तथा यौन क्रियाकलापसहित उच्च वर्गका स्वदेशी तथा विदेशी व्यक्तिले गर्ने गर्छन्।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->