आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

भवन निर्माणमा अनियमितता भएको भन्दै नाम बिनाको निवेदन

भवन निर्माणमा अनियमितता भएको भन्दै नाम बिनाको निवेदन


  • ढोरपाटन संवाददाता
  • चैत्र ५ २०७६, बुधबार

बागलुङ,५ चैत – मगर समुदायको सामुदायीक भवन निर्माणमा अनियमितता भएको भन्दै बागलुङको ढोरपाटन नगरपालिकामा निवेदन दर्ता भएको छ । नाम उल्लेख नगर्ने शर्तमा एक व्यक्तिले बुर्तिबाङको खाराखेतमा निर्मार्णाधिन भवनको खर्चका बिषयमा छानविन गर्न माग गर्दै नगरकार्यपालिकाको कार्यालयमा निवेदन दर्ता गराएका हुन् । नागरिक समुहको नामबाट निवेदन दर्ता भएको छ । निवेदनका कारण मगर संग्रालय सहितको भवन निर्माण प्रक्रियामा असहजता उत्पन्न गरेको भन्दै नेपाल मगर संघ क्षेत्र नं.२ (ख)ले बुधबार एक विज्ञप्ति मार्फत आपत्ति जनाएको छ । संघलेनै भवन निर्माणको काम गरिरहेको छ । संघले बिज्ञप्तीमार्फत आपत्ति जनाएपछि नगर कार्यपालिकाको कार्यालयमा निवेदन दर्ता भएको कुरा बाहिर आएको हो । ढोरपाटन नगरपालिकाको च.नं ७९२ मा उक्त निवेदन दर्ता भएको छ । अनामि निवेदन दर्ता गराएको नगरपालिकाले भने निवेदन उपर कुनै कारवाही प्रकृया थालेको छैन् । यता सामुदायीक भवन निर्माणमा निवेदनका कारण अबरोध सिर्जना भएको भन्दै मगरसंघले निवेदन दर्ता गर्ने व्यक्तिको नाम सार्वजनिक गर्नुपर्ने र निवेदनका कारण उत्पन्न भएका बाधा फुकाउनु पर्ने उल्लेख गरेको छ । ‘निवेदन दर्ता गराउन आउँदा ति व्यत्तिलाई ढोरपाटन नगरपालिकाका प्रशासकिय अधिकृत ढोलराज ढकाल र नगरप्रमुख देवकुमार नेपालीले पक्कै चिने’ बिज्ञप्तीमा भनिएको छ ‘तत्काल निवेदकलाई सार्वजनिक गर्न नगर प्रमुख समक्ष मगर संघले अपिल गरेको छ ।’

संघले खारखेत बजारमा मगर संघको आफ्नै लगानीमा २७ आना जग्गा खरिद गरी ३ तल्ले संग्रालय सहितको भवन निर्माण गरिरहेको छ । भवको कम्पाउण्ड सहितको एक तल्ला निर्माण भैसकोको संघको बिज्ञप्तीमा उल्लेख छ । चालु आर्थिक बर्षमा नगरपालिकाले १० लाख रुपैयाँ बिनियोजन गरेको थियो । सोही रकमको दुरुपयोग गरेको भन्दै बेनामी निवेदन परेको नगरपालिकाले जनाएको छ । पेस्कि मात्रै निकासा भएको उक्त बजेटको रकम निकासा गर्ने बेला रोक्क ागर्न भन्दै परेको नाम नभएको निवेदनका कारण संघले गरिरहेको निर्माण प्रकृया समस्या पैदा भएको बिज्ञप्तीमा उल्लेख छ । ‘ यो ब्यबहार जुन ढंगबाट भएको छ यसले यस क्षेत्रका सिंगो मगर समुदायउपर घोर अन्याय र अपमान भएको छ’ बिज्ञप्तीमा भनिएको छ ‘उक्त कार्य प्रति कडा खेद प्रकट गर्दछौँ ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->