आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

महंगोमा तेल बेच्ने ३ पक्राउ

महंगोमा तेल बेच्ने ३ पक्राउ


  • ढोरपाटन संवाददाता
  • चैत्र ६ २०७६, बिहिबार

बागलुङ,६ चैत – पेट्रोल पम्पबाट लगेर पसलमा राख्दै महंगोमा बेचेकोले कालोबजारी भएको भन्दै प्रहरीले बागलुङ बजारका तीन जनालाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी र राष्ट्रिय उपभोक्ता मंचका पदाधिकारीको टोलीले बागलुङ बजारका खेम थापा, रमेश महत र सुमन श्रेष्ठलाई पक्राउ गरेको हो । उनीहरुले पेट्रोल पम्पबाट ल्याएको सस्तो तेल महंगोमा बेचेको प्रहरीले आरोप लगाएको छ । बोतलमा राखेर एक लीटरको डेढसय रुपैयाँ सम्म बेचेको भेटिएको प्रहरी उपरिक्षक नवराज भट्टले बताए ।

पेट्रोललाई खुला ठाउँमा बेच्दा दुर्घटनाको खतरा समेत हुने उनले बताए । कोरोना संक्रमणको फाइदा उठाउने मात्र नभई अन्य समयमा पनि उनीहरुले पेट्रोलको कालोबजारी गरिरहेको भेटिएको उनले बताए । उनीहरुलाई न्यायिक हिरासतमा राखेर थप अनुसन्धान गरिएको भट्टले जानकारी दिए । ‘पहिलो पटक पक्राउ परेकोले माफी मागेर सुध्रिने अबस्था आएमा छाडिनेछ’ उनले भने,‘उनीहरुको यो क्रम दोहोरियो भने कालोबजारी गरेको कसुरमा मुद्दा चलाईनेछ ।’ उक्त मुद्दा चल्दा २ लाख जरिवाना र कसुर हेरेर ५ बर्षसम्म जेल सजाय हुन सक्नेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->