बागलुङ,६ चैत – बजाज मोटरको नयाँ मोडेल पल्सर १२५ नियोन बिहिबार बागलुङ बजारमा सार्वजनिक गरिएको छ । कम्पनीको अधिकृत बिक्रेता शिव शक्ति अटोमोबाइलले उक्त नयाँ मोडेलको मोटर साइकल सार्वजनिक गर्दै बिहिबार देखिनै कारोवार सुरु गरेको हो । पल्सर १२५ नियोन बाइक पल्सर १५० नियोन जस्तो देखिन्छ । यसमा रङलाई आर्डिनेटेड पल्सर लोगो, ग्र्याब रेल, रियर काउलमा ३ डी लोगो र ब्ल्याक अलोय ह्ल्सिमा नियोन कलरको सानो लाइन रहेकोे अधिकृत बिक्रेता शिव शक्ति अटोमोबाइलका सञ्चालक शिवशंकर शाहले जानकारी दिए ।
स्पोर्टियर ग्राफिक्स र स्प्लिट अलोय ह्विल्सले सो मोटरसाइकललाई स्टाइलिस बनाएको छ । बजाज पल्सर १२५ नियोनमा १२४.४ सीसी, डीटीएस–आई इन्जिन जडान गरिएको छ । जसले ८५०० आरपीएममा ११.८ बीएचपीको पावर र ६५०० आरपीएममा ११ एनएमको टर्क जेनेरेट गर्छ । पल्सर १२५ मा ११.५ लिटर क्षमता भएको फ्युल ट्यांकी रहेको शाहले जानकारी दिए । यो बाइकमा डिस्क र ड्रम ब्रेक भेरिएन्ट उपलब्ध रहेको छ । पल्सर १२५ नियोनमा ड्रम भेरिएन्टमा फ्रन्टमा १७० एमएम र रियरमा १३० एमएम ड्रम ब्रेक रहेको छ । डिस्क भेरिएन्टमा फ्रन्टमा २४० एमएम डिस्क ब्रेक लगाइएको छ । बजाजलले नयाँ पल्सर १२५ तीन रङ नियोन ब्लु, सोलर रेड र प्लेटिनम सिल्भरमा सार्वजनिक गरेको छ । १२५ सीसीको भए पनि बाइक को पावर बढी रहेको शाहले बताए । यसको माइलेज प्रति लिटर ५५ किलो मिटर रहेको छ । बजाज पल्सर १२५ को मूल्य २ लाख २४ हजार ९ सय रहेको शाहले बताए । कम्पनीको अफर अनुसार १० हजार बिना झन्झट डिस्काउण्ट हुने उनले जानकारी दिए ।





