आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

कालोबजारीबिरुद्ध बाणिज्य संघ र उपभोक्ता मंच

कालोबजारीबिरुद्ध बाणिज्य संघ र उपभोक्ता मंच


  • Dhorpatan News
  • चैत्र ७ २०७६, शुक्रबार

बागलुङ, ७ चैत – उद्योग बाणिज्य संघ बागलुङले कालोबजारीबिरुद्ध एकजुट हुन सबैलाई आग्रह गरेको छ । कोरोना भाइरसको संक्रमणको मौका छोपेर बजारमा कालो बजारी गरेको तथा सामान लुकाउने प्रयास भैरहेको गुनासो आएपछि संघ र राष्ट्रिय उपभोक्ता मंचले संयुक्त बिज्ञप्ती प्रकाशित गरेर आम उपभोक्तालाई समेत सचेत बन्न आग्रह गरिएको हो । प्रकोपको समय भन्दै चर्को मूल्य लिने, अभाव सिर्जना गर्ने र बिना बिल सामान बेच्ने पद्दती त्याग्न पनि संघका महासचिव नरेश कँडेल र मंचका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठले हस्ताक्षरित विज्ञप्तीमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->