आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

आयो एनसेलको सही यो ! पावर सीम

आयो एनसेलको सही यो ! पावर सीम


  • Dhorpatan News
  • चैत्र ७ २०७६, शुक्रबार

काठमाडाैं, ७ चैत – टेलिकम सेवा प्रदायक कम्पनी एनसेलले विभिन्न सुविधा र सेवासहितको नयाँ स्टार्टर प्याक ‘सही यो ! पावर सिम’ सार्वजनिक गरेको छ । कम्पनीले यो सिम मार्फत अझ सुलभ दरमा एनसेलका सेवा लिन सकिने जानकारी दिएको छ ।
युवाहरुलाई लक्षित यो सिममा पीआरबीटी, स्पोर्टिज, स्पोर्ट भिडियो पोर्टल, दामी म्युजिक र हङ्गामा म्युजिक प्रो निःशुल्क सुचारु गर्न सकिनेछ भने प्रत्येक १०० रुपैयाँ मेन ब्यालेन्सको खर्चमा डेटा बोनस पाइनेछ । ग्राहकले बोनसका रूपमा गेमिङ र म्युजिकको मजा लिनसक्ने पनि कम्पनीले जनाएको छ । बिहीबारबाट सुरु गरिएको यो सिममा ग्राहकले २० रुपैयाँको मेन ब्यालेन्ससहित सात दिन समयावधि रहेको ५०० एमबी डेटा (२५० एमबी फोरजी सहित), १० मिनेट अन नेट टक टाइम र १०० वटा अन नेट एसएमएस पाउनेछन् । सिमसँगै बन्डल भई आउने पीआरबीटी (सेवा र स्वतः आउने टोन) स्पोर्टिज, स्पोर्ट भिडियो पोर्टल, दामी म्युजिक र हङ्गामा म्युजिक प्रो सेवाहरू सिम सुचारु भएको मितिबाट ३० दिनका लागि मान्य हुनेछन् ।
यस नयाँ स्टार्टर प्याक योजनामा ग्राहकले सिम सुचारु गरेको दिनको मध्यरातभित्रै १०० रुपैयाँ वा सोभन्दा माथिको ब्यालेन्स रिचार्ज गरेको खण्डमा ३० दिनसम्म प्रत्येक दिन १५० एमबी डेटा बोनस र १२ महिनासम्म माइफाइभ सेवा पाउनेछन् । प्रत्येक दिन पाइने १५० एमबी डेटाको समयावधि सोही दिनको मध्यरातसम्म हुनेछ । माइफाइभ सेवाअन्तर्गत पहिलो एक महिनाका लागि पाँच माइफाइभ नम्बरहरूमा बिना कुनै शुल्क कुरा गर्न सकिनेछ भने बाँकी ११ महिना ती नम्बरहरूमा मात्र ९९ पैसा प्रतिमिनेटमा भ्वाइस सेवाको लाभ लिन सकिनेछ ।
यसका साथै यो योजनाअन्तर्गत ग्राहकले प्रत्येक रु. १०० को खर्चमा ५०० एमबी (२५० एमबी अलटाइम र २५० एमबी फोरजी) बोनस डेटा १२ महिनासम्म प्राप्त गर्नेछन् । ‘सही यो ! पावर सिम’ प्रयोग गर्ने ग्राहकका लागि आकर्षक डेटा प्याक पनि दिइएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->