पोखरा,७ चैत – गण्डकी प्रदेशमा कोरोना भाइरस (कोभिड–१९ंं) ९ जनाको परीक्षण गरिएकोमा ६ जनामा नेगेटिम अर्थात् कोरोना देखिएको छैैन । तीनजनाको पनि रिपोर्ट आउन बाँकी छ ।
गण्डकी प्रदेशको म्याग्दीसहित कास्कीमा कोरोनाको संक्रमण भए÷नभएको भन्दै परीक्षण गर्दा उनीहरु सुरक्षित देखिएका हुन भने बाँकी ३ जना पनि सुरक्षित नै रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर विनोदवन्धु शर्माले जानकारी दिए । गण्डकी प्रदेशको रिपोर्ट सुरक्षित छ । कोरोनाबाट डराउनपर्ने अवस्था नभएपनि उच्च सर्तकता भने अपनाउन पर्ने निर्देशक डा. शर्माले बताए । ‘उनीहरुलाई घरमा नै राखेका छौँ, घरमा ख्याल गर्दा कम प्रभाव पर्ने देखियो’,उनले भने,‘ अस्पतालमा शैयालाई प्रभाव पर्नसक्ने हुनाले घरमै पठाएका हौँ, पोजेटिभ देखिएमा हामि आइसोलेसनमा राख्छौँ ।’
गण्डकी प्रदेशमा ९० बेडको आइसोलेसन वार्ड तयार पारिए पनि डाक्टरको लागि चाहिने पिपिई ( पर्सनल प्रोटेक्टिभ इक्युपमेण्ट) को अभाव छ । डाक्टरले उपचारको क्रममा सुरक्षित हुन यी सामग्री अनिवार्य चाहिन्छ । इण्टर नेसलनल फेलोसीप (आइएनएफ) नामक संस्थाले १५ वटा पिपिई सहयोग गरेपनि त्यो पर्याप्त भने हुँदैन । डाक्टर शर्माका अनुसार नयाँ किन्ने तयारी भने थालिएको छ । प्रदेशसँग अहिले ४६ थान पिपिई छन् । संक्रमण फैलिएमा यी सामग्री एकदिनको लागि पनि पर्याप्त नहुन सक्छन् । पिपिईको स्वास्थ्यमा काम गर्नेका लागि मात्र नभएर संक्रमणको बेला खटिने अरुलाई पनि आवश्यक पर्न सक्छ । पिपिई एक सेटको दश हजार ५ सय रुपैयाँ पर्छ । बजारमा एक हजार ६ सयदेखि पनि पाइन्छ ।
गण्डकी प्रदेशमा रहेको चरक मेमोरियल अस्पतालमा ३०, मणिपाल शिक्षण अस्पतालमा १५, गण्डकी मेडिकल कलेजमा १५,पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा १० वटा र जिपि कोइराला अस्पतालमा २० वटा बेड भएको आइसोलेसन वार्ड तयार छ । वार्ड तयार गरिएको छ । निर्देशनालयले ३० जना प्रयोगशालाकर्मी, हेल्थ डेक्समा बस्नेदेखि पश्चिमाञ्चल अस्पतालका ३५ जना डाक्टर तथा नर्सहरुलाई सम्भावित उपचारको लागि तालीम पनि दिएको डाक्टर शर्माले बताए ।





