आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

कोरोनाबिरुद्ध जाग्दै बागलुङ नगर

कोरोनाबिरुद्ध जाग्दै बागलुङ नगर


  • ढोरपाटन संबाददाता
  • चैत्र ७ २०७६, शुक्रबार

बागलुङ, ७ चैत – बागलुङ नगरपालिकाले एकसाता अघि स्थापना गरेको हेल्थडेक्समा सेवा पनि दिन थालेको छ । दैनिक कार्यालय प्रवेश गर्ने जनप्रतिनिधि र कर्मचारी तथा सेवाग्राहीलाई स्वास्थ्य परीक्षण समेत गर्न थालेको स्वास्थ्य शाखा इन्चार्ज दिनेश जिसीले बताए ।
कार्यालयमा आउने सेवाग्राहीलाई साबुनपानीले हात धुन लगाउने, ज्वरो नाप्ने र सेनिटाइजर लगाउन भनेको उनले बताए । नगरभित्रका सबै इकाई र स्वास्थ्यचौकीमा समेत सेनिटाइजर र उपचार सामाग्री पठाइएको छ । नगरपालिकाले आकस्मिक कोष समेत परिचालन गरेर चैत महिनाभर सर्तकता अपनाउने तयारी गरेको हो । प्रमुख प्रशासकीय अधिकृत दण्डपाणी शर्माले भएका कोषहरु परिचालन गरेर सामाग्री खरिद गर्ने, आम जनतालाई स्वास्थ्य रहने सन्देश दिने, व्यानरहरु लेखेर टाँग्ने काम थाल्ने बताए । दैविप्रकोप उद्दार लगायतका बिषयमा खर्चन मिल्ने बजेटलाई परिचालन गरेर मास्क र सेनिटाइजर किन्ने तथा सरसफाईको सन्देश प्रवाहमा लगाउने निर्णय भएको जिसीले जानकारी दिए । ‘एक महिनाकालागि अरु काम छाडेर स्वास्थ्य सेवाकै काम गर्नुपर्छ’ उनले भने, ‘स्वास्थ्य भन्दा ठूलो अरु केही होइन भन्ने कुरा अब जनप्रतिनिधिले पनि बुझ्नुपर्छ ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->