आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

सहकर्मीको उपचारमा बैंर्कसहरुको साथ

सहकर्मीको उपचारमा बैंर्कसहरुको साथ


  • ढोरपाटन संवाददाता
  • चैत्र ७ २०७६, शुक्रबार

बागलुङ, ७ चैत – सवारी दुर्घटनामा गंभीर घाइते भई उपचाररत नेपाल बंगलादेश बैंक बागलुङ शाखा प्रबन्धक विकास पौडेलको उपचारमा सहयोग पु¥याउने उदेश्यले जिल्लामा कार्यरत बैंर्कसहरुले आर्थिक सहयोग गरेका छन् ।
बैंकर्स एशोसियसन बागलुङको पहलमा जिल्लामा सञ्चालनमा रहेका २७ वटा बैंकमा कार्यरत बैंकर्सहरुबाट संकलन गरिएको १ लाख ९८ हजार २ सय रुपैयाँ उपचाररत पौडेलको परिवारलाई प्रदान गरिएको एशोसियसनका सदस्य तथा सेञ्चुरी बैंकका शाखा प्रवन्धक दिपक शर्माले जानकारी दिए । सहकर्मीलाई अप्ठ्यारो पर्दा पेशागत र मानवीय सेवाभावले सहयोग प्रदान गरिएको प्रबन्धक शर्माले बताए ।
प्रबन्धक पौडेल मरेपिपलबाट रामरेखातर्फ जाँदै गर्दा मोटरसाईकल दुर्घटनामा परि गंभीर घाइते भएका थिए । घाइते पौडेलको ग्राण्डी हस्पिटल काठमाडौंमा उपचार भईरहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->