आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

उच्च अदालतमा लक्षभन्दा बढी फैसला

उच्च अदालतमा लक्षभन्दा बढी फैसला


  • ढोरपाटन संवाददाता
  • चैत्र ७ २०७६, शुक्रबार

बागलुङ, ७ चैत – चालु आर्थिक बर्षको आठ महिनामा उच्च अदालत पोखरा, बागलुङ इजलासले लक्ष भन्दा बढी मुद्दा फैसला गरेको छ ।चालु बर्षको ८ महिनाका लागि तोकिएको लक्ष १ सय ४५ वटा मुद्दा छिन्नुपर्नेमा अदालतले १ सय ६४ मुद्दा छिनेको रजिष्ट्रार मोहन सुवेदीले बताए ।

शुक्रवार अदालतले पत्रकार अन्तरक्रिया मार्फत उक्त जानकारी गराएको हो । चालु बर्षका लागि अदालतमा कुल २ सय ७६ मुद्दा फछ्र्यौट गर्ने लक्ष छ । अदालतका अनुसार झण्डै ३ सय १९ मुद्दा चालु बर्ष दर्ता हुने अनुमान छ । गत बर्षको लगत सरेर ८५ मुद्दा आएका थिए । आठ महिना भित्र लगत सरेर आएका मुद्दाबाट पनि ७२ वटा फछ्र्यौट भएका छन् ।

अदालतको तथ्यांक अनुसार देवानी तर्फ कुल ५९, फौजदारी तर्फ १ सय ८०, रिट ३२ वटा तथा अन्य विविध ४ वटा मुद्दा संचालनमा छन् । फुटकर निवेदन तर्फ कुनैपनि लगत सरेको थिएन । ८ महिनामा ६१ वटा निवेदन दर्ता भएका छन् । अदालतले ८ वटा लगत सरेका र ३२ वटा चालु बर्षका गरी ४० वटा प्रतिवेदन पनि तयार गरेको छ ।

बैतनिक वकिल मार्फत हेरिने थुनुवा मुद्दा तर्फ चालु बर्ष ३० वटा मुद्दा फछ्र्यौट गर्ने लक्ष छ । ती मध्ये अहिले सम्म १३ वटा फछ्यौट भएका छन् । १७ मुद्दा बाँकी छन् । कार्यक्रममा निमित्त मुख्य भइ काम गर्ने न्यायाधि द्वारिकालाल जोशीले अदालतमा आम नागरिकको पहुँच बिस्तार गर्ने योजनामा संचार माध्यमको भूमिका महत्वपूर्ण हुने बताए । उनले संचार माध्यम मार्फत जनता सम्म न्यायलयको भूमिकालाई प्रष्ट्याउने अबसर सिर्जना भएको पनि बताए । जोशीकै अध्यक्षता, शाखा अधिकृत जयराम पोखरेलको संचालन र सुवेदीको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।
अदालतले चौथो पञ्चबर्षिय रणनीतिक कार्यक्रम अनुसार फैसला भएको १५ मिनेटमै प्रतिलिपि उपलब्ध गराउने, सेवा ग्राहीलाई छिटो छरितो र झन्झटमुक्त रुपमा आधा घण्टामा सेवा उपलब्ध गराउने, नक्कल दिने, पेसी तथा तारेख तोक्ने, लगायतको काम गर्दै आएको छ । देशभरका जुनसुकै अदालतबाट पनि तारेख थाम्न सकिने व्यवस्था समेत अदालतले गरेको छ । आम नागरिकलाई न्यायको पहुँच बिस्तार गर्न सर्वोच्च अदालतले रणनीतिक योजना मार्फत काम गर्दै आएको हो । त्यसै सन्र्दभमा हरेक बर्ष ‘मिट द जज’ र ‘आउट अफ रिच’ जस्ता क्रियाकलाप पनि संचालन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->