शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

‘जापान सी’ मा उत्तर कोरियाले परीक्षण गर्‍यो दुई मिसाइल

‘जापान सी’ मा उत्तर कोरियाले परीक्षण गर्‍यो दुई मिसाइल


  • एजेन्सी
  • चैत्र ८ २०७६, शनिबार

सोल : उत्तर कोरियाले मध्यम दूरीका ब्यालेस्टिक मिसाइल परीक्षण गरेको छ। दक्षिण कोरियाली सेनाले दाबी गरे अनुसार शनिबार उत्तर कोरियाको प्योङगान क्षेत्रबाट समुन्द्रको पूर्वी भागतर्फ मिसाइल प्रहार भएको कोरियाली समाचार एजेन्सी योनापले जनाएको छ । जुन समुन्द्र ‘जापान सी’ को नामले परिचित छ। उत्तर कोरियाले यसै महिनाको सुरूवातमा पनि केही मिसाइल परीक्षण गरेको थियो। दक्षिण कोरियास्थित संयुक्त चीफ स्टाफको भनेका छन् ‘जब उत्तरले थप परीक्षण गर्छ हामी यसको निगरानी गरिरहेका छौं’। विश्व नै कोभिड–१९ को महामारीसँग लडिरहेका बेला उत्तर कोरियाको यो कार्य अत्यन्तै अनुचित रहेको उनीहरुले भनेका छन्।
योनापका अनुसार उत्तरले शनिबार प्रक्षेपण गरेको मिसाइल ५० किलो मिटरको उचाईबाट ४१० किलोमिटरको दूरीसम्म मार हान्न सक्ने क्षमताका रहेको दक्षिण कोरियाली सेनाले जनाएको छ। चीन र अमेरिकाले उत्तर कोरियालाई परमाणु कार्यक्रमलाई रोकेर वार्तामा फर्कन आह्वान गर्दै आएका छन्। उत्तर कोरियाली नेता किम जोङ उनले परमाणु कार्यक्रम रोक्नेबारे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगै भेटर समेत वार्ता गरेका थिए। अमेरिका र दक्षिण कोरियाले कोरियाली प्रायद्वीपमा संयुक्त सैन्य अभ्यास जारी राखेको भन्दै उत्तर कोरियाले परमाणु परीक्षणलाई जारी राख्दै आएको छ

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->