आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

रोकियो पदयात्रा

रोकियो पदयात्रा


  • ढोरपाटन संवाददाता
  • चैत्र ८ २०७६, शनिबार
फाइल तस्बिर

पोखरा,८ चैत – कोरोना भाइरस ( कोभिड–१९)को सन्त्रासकाबीच शुक्रबारबाट सबैखाले पदयात्रा रोकिएको छ । पर्यटन मन्त्रालयले सूचना जारी गर्दै सबैखाले पदयात्रा रोक्न निर्देशन दिएको हो । पर्यटन मन्त्रालयले व्यक्तिगत तथा सामूहकि पदयात्रामा रहेका पर्यटकहरुको यात्रा रोक्न तथा सुरक्षित ठाउँमा फर्काउन अनुरोध गरेको हो । मन्त्रालयद्धारा जारी सूचनामा पर्यटकहरुलाई अनिवार्य १४ दिने क्यारेण्टाइनमा राख्न पनि सुझाव दिएको छ । मन्त्रालयको यो सूचनासँगै टे«किङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान) पश्चिमाञ्चल कार्यालयले पदयात्रा अनुमतिपत्र दिन बन्द गरेको छ । टान पश्चिमाञ्चलका महासचिव जीवन सापकोटाका अनुसार शुक्रबारबाट पर्यटकलाई टे«किङ इन्फरमेसन म्यानेजमेण्ट सिस्टम( टिम्स ) कार्ड दिन बन्द गरिएको छ । टानले आफ्ना सदस्य प्रतिष्ठानहरुलाई नेपालमा रहेका पर्यटकहरुको भ्रमण छोट्याएर सुरक्षित तवरले स्वदेश फर्काउने व्यवस्था मिलाउन पनि आग्रह गरेको छ ।
यसअघि बिहीबार टानले ‘सेल्फ क्वारेण्टाइन’को प्रमाणपत्र भएकाहरुलाई मात्र पदयात्रा अनुमतिपत्र दिने निर्णय गरेको थियो । कोरोना भाइसर ( कोभिड–१९ )को संन्त्रासकाबीच पर्यटन मन्त्रालयले बिहीबार नेपाल आउने नेपाली र विदेशी पर्यटकहरुलाई १४ दिन अनिवार्य सेल्फ क्वारेण्टाइनमा राख्ने निर्णय गरेसँगै टान पश्चिमाञ्चलले यो निर्णय गरेको हो । अनिवार्य टान पश्चिमाञ्चलका वरिष्ठ उपाध्यक्षका अनुसार चालु अंग्रजी वर्षको मार्च १४ अर्थात् चैत १ गतेयता नेपाल आएका पर्यटकहरुको लागि नेपाल छिरेका विदेशी पर्यटकलाई टे«किङ इन्फरमेसन म्यानेजमेण्ट सिस्टम( टिम्स ) कार्ड दिँदा यो सर्त अनिवार्य बनाइएको थियो । टिम्सको व्यवस्थापन टानले गर्दै आएको छ । टिम्स कार्ड नभएका पर्यटकहरुलाई पदयात्राको अनुमति हुँदैन । यता, रेष्टुरेण्ट एण्ड बार एसोसियनस ( रेवान ) पोखराले बिहीबार आफ्ना सदस्यहरुलाई रेष्टुराँमा आउने ग्राहकको तापत्रम नाप्ने व्यवस्था मिलाउन, सेनेटाइजरको व्यवस्था गर्न, टेबुल कुर्ची सफा राख्न सर्कुलर जारी गरेको छ । सरकारले २५ जनाभन्दा बढी व्यत्तिः भेला नहुन आग्रहलाई स्वीकार्दै रेवानले शुक्रबार आयोजना गरिएको आफ्नो बैठक स्थगित नै गरेको छ ।
होटलमा क्वारेण्टाइन ?
यता, पर्यटन मन्त्रालयले विदेशबाट नेपाल आउने हरेक व्यक्तिलाई सोझै घर नपठाउन र १४ दिन क्वारेण्टाइनमा राख्नको लागि होटलहरुसँग कोठा माग गरेको छ । पश्चिमाञ्चल होटल संघले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत खाना,खाजासहित दैनिक कति पैसामा होटलको सिंगल र डबल कोठा उपलब्ध गराउन सकिन्छ भन्दै सदस्य प्रतिष्ठानहरुलाई पत्राचार गरेको छ । अध्यक्ष विकल तुलाचनका अनुसार मन्त्रालयले पत्र पठाएपछि संघले आफ्ना सदस्यहरुलाई कोठा उपलब्ध गराउन सक्ने÷नसक्नेबारे जानकारी माग गरेको छ ।
‘मन्त्रालयले अनिवार्य त हैन इच्छुकले कोठा उपलब्ध गराउन सकिने÷नसकिनेबारे जानकारी मागेको छ’, उनले भने,‘ घर फर्कने चाहने नेपालीहरुको हकमा त्यस्तो गर्न खोजिएको होला तर होटलसँग स्वास्थ्यसम्बन्धी सचेतना एवं सुरक्षा कम भएकाले गाह्रो पर्ने देखिन्छ । ’ उनले यो विषयमा सरकार नै पहिला प्रष्ट हुनुपर्नेमा पनि जोड दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->