बागलुङ, ८ चैत– आदर्श सञ्चार सहकारी संस्था लि. बागलुङले शेयर सदस्य मनोज कुमार विककी आमाको निधनप्रति श्रद्धाञ्जली सभा गर्दै राहत रकम हस्तान्तरण गरेको छ । संस्थाका व्यवसाय प्रवद्र्धन उपसमितिका पूर्वसदस्य प्रेम बहादुर परियार (सुजन) ले संस्थाको नियमअनुसार शेयर सदस्यका आफन्तको निधनमा प्रदान गरिने ५ हजार रुपैया स्व. विकका नाती विजय विश्वकर्मालाई हस्तान्तरण गरेका हुन् । संस्थाले सञ्चालन गरेको सदस्य राहत खाताबाट शेयर सदस्यको निधनमा १५ हजार र शेयर सदस्यका परिवारका सदस्यको निधनमा ५ हजार रुपैया रकम प्रदान गर्दै आएको छ ।





