इटाली, ८ चैत – कोरोना भाइरसको संक्रमणबाट इटालीमा एकैदिन थप ६२७ जनाको मृत्यु भएको छ। इटालीका अधिकारीका अनुसार मृतकको संख्यामा एकैदिन १८.४ प्रतिशत वृद्धि भएको हो। योसँगै इटालीमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४ हजार ३२ पुगेको छ। बिहीबारमात्रै इटालीले मृतक संख्यामा कोरोना भाइरसको उद्गमस्थल चीनमा भएको मृतक संख्यालाई उछिनेको थियो। हालसम्म इटालीमा संक्रमितको संख्या ४७ हजार २१ पुगिसकेको छ।





