काठमाडौँ, ८ चैत – कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नेपाल भित्रिने डरले उपत्यका छाडेर घर फर्कनेको संख्या दैनिक बढ्दो छ । सरकारले सोमबारबाट लामो दूरीका सवारी साधन सञ्चालनमा रोक लगाउने घोषणा गरेसँगै बसपार्क र टिकट काउन्टरहरूमा यात्रुको भीड बढेको छ । काठमाडौंबाट बाहिरिने यात्रु बसमा सिट नपाउँदापनि मानिस बाहिर जान खोजेका छन्। उनीहरू बसभित्र मुडामाबसेर भएपनि घर फर्किन भन्दैटिकट लिइरहेका छन्।
महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख (एसएसपी) भीमप्रसाद ढकालका अनुसार शनिबार बिहान ६ बजेदेखि १० बजेसम्म ५३ हजार ६ सय ८६ यात्रु उपत्यकाबाट बाहिरिएका छन्। शनिबार नै ११ हजार ४ सय १३ यात्रु बस उपत्यकाका विभिन्ननाकाबाट भित्रिएका छ न्भने ८ हजार ३ सय १२ सवारी साधन बाहिरिएका छन्। फर्पिङ, मुड्कु, जगाते र नागढुंगाबाट यात्रुहरू बाहिरिने गरेका छन्। शैक्षिक संस्था बन्द भएसँगैउपत्यकाबाट बाहिरिने यात्रुको संख्या बढेको ट्राफिक प्रहरीले जनाएको छ।
महाशाखा प्रमुख ढकालका अनुसार शुक्रबार मात्र ९८ हजार ५ सय १७ जनाले उपत्यकाका छाडेका छन्। बुधबारयता ३ लाख ३७ हजार २ सय ५४ जना उपत्यकाबाट बाहिरिएका छन्।
| बार | उपत्यकाबाट बाहिरिने यात्रु संख्या | उपत्यकाबाट बाहिरिने सवारी साधन संख्या |
| बुधबार | ९५,२४७ | १७,५२४ |
| बिहीबार | ८९,८०४ | १६,८२४ |
| शुक्रबार | ९८,५१७ | १४,३३८ |
| शनिबार | (बिहान ६ देखि १० बजेसम्म) ५३,६८६ | ८,३१२ |





