बागलुङ, ९ चैत – कोरोना भाइरसको जोखिम बढीरहेको बेला सदरमुकाम र ग्रामीण क्षेत्रका स्थानीय तह र कार्यालयले सर्तकता अभियान थालेका छन् । बागलुङ नगरपालिकाले सर्तकता स्वरुप हेल्थ डेस्क र उपचारको काम थालेको सातापछि ताराखोला गाउँपालिकाले पनि सर्तकता थालेको छ ।
ताराखोलाले दुइवटा स्वास्थ्यचौकीलाई आइसोलेसन वार्डको रुपमा बिकास गर्ने निर्णय गरेको छ । ताराखोला वडा नं. १ को अमरभूमी स्वास्थ्य चौकी र वडा नं. ३ को साँदी स्वास्थ्यचौकीलाई आइसोलेसन वार्डको रुपमा बिकास गर्न पूर्वाधार बनाइएको गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले बताए ।
सबै स्वास्थ्यचौकीमा औषधि पर्याप्त बनाउने, बिदेशबाट आउनेहरुको लागत राख्ने र बिरामी भएमा तत्कालै उपचारको व्यवस्था मिलाउने, साबुनपानीले हातधुने बानीको बिकास गर्ने लगायतको सचेतना अपनाइएको समेत उनले जानकारी दिए । बिद्यालय तहको परीक्षा सकिएकोले सदरमुकाममा बस्दै आएकाहरुले बालबालिका लिएर गाउँ फर्केका छन् । उनीहरु फर्केकोले गाउँ रमाईलो भएको समेत बताए ।
बिशेषगरी भारत र अन्य देशबाट फर्केकाहरुबाट सशंकित हुनुपर्ने अबस्था भएकोले त्यसतर्फ चासो बढाउन लागिएको हो । केही दिनदेखि बिदेशबाट फर्कनेहरु बढेका छन् । काठमाण्डौदेखि फर्कनेहरु बढेका छन्भने राजधानीतर्पm लाग्नेहरु शुन्यजस्तै छन् । सोमबारदेखि लामोदुरीको यातायात नचल्ने कुरा आइसकेपछि काठमाण्डौबाट फर्कनेको लर्को छ । तर राजधानी जाने सवारी एकदुइजना मात्र लिएर गैरहेका छन् ।





