बागलुङ,१० चैत – गलकोट नगरपालिकाले १० जना भन्दा धेरैको भीड जम्मा भएर कुनैपनि क्रियाकलाप नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ । स्थानीय क्लव, आमा समूह, बिभिन्न समितिका बैठक तथा भेला तालिम र छलफलका कार्यक्रमलाई समेत नगरपालिकाले रोक लागाएको छ ।
आईतवार बसेको नगर कार्यपालिकाको आकस्मीक बैठकले विश्वभर महामारीको रुप लिईरहेको कोरोना भाईरस (कोभीड–१९) बाट बच्न उच्च सतर्कता अपनाउँदै सबैलाई सचेत रहन भनेको हो । नगरपालिकाले अत्यावश्यक नभए सम्म घरबाहिर ननिस्कन आफ्ना नागरिकहरुलाई अग्रह समेत गरेको छ । सबै नगरवासीलाई कोभीड १९ सँग जुध्न तयारी अवस्थामा रहन आग्रह गरिएको नगर प्रमुख भरत शर्र्मा गैरेले जानकारी दिए । बैठकले गलकोट नगरपािलकाका प्राथमिक स्वास्थ्य केन्द्र हरिचौर, हटिया जिपपार्क र नगरपालिका कार्यालयमा (हेल्थडेक्स) स्वास्थ्य परामर्श कक्षको स्थापना गर्ने निर्णण गरेको प्रमुख प्रसासकिय अधिकृत शिशिर पौडेलले बताए ।
बैठकले गलकोट नगरपालिकाको मुख्य–मुख्य प्रवेशस्थलहरु र गलकोट नगरपालिकामा सिमा जोडिएका छिमेकी पालिकाहरु काठेखोला, ताराखोला, बडिगाड, बरेङ र मुसीकोट नगरपालिकाका प्रबेश स्थलहरुमा स्वस्थ्य परीक्षणको लागि आवश्यक सबै उपकरणहरु ब्यबस्थापन गर्ने निर्णय समेत गरेको छ । गलकोट क्षेत्रमा रहेका स्वास्थ्य संस्थामा कोरोना परिक्षणको लागि आवश्यक सुरक्षित सामाग्रीहरु प्रदेश सरकार, केन्द्र सरकारसँग माग गर्ने र अन्य तयारी पुरा गर्ने निर्णय भएको शर्माले जानकारी दिए । संचार माध्ययम, यायायातका साधान लगाएतबाट कोरोनाको लक्षण तथा रोकथामका उपायहरु बारे जनचेतना फैलाउने, स्वास्थ्य संस्थाहरुलाई समय अनुकुल सुरक्षित र ब्यबस्थीत गर्ने निणय गरेको हो ।
गलकोट प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर अरुण गौतमको संयोजकत्वमा ¥यापिड रेस्पोन्स टिमको समेत गठन गरिएको छ । उक्त समितिमा मिनराज गैरे, जीवन नेपाली, बिष्णु काउचा, दुर्गा थापा, मनोज पुन र चित्रबहादुर श्रीस रहेका छन् । आकस्मीक बैठकमा बजार अनुगमन, कालोबजारी नियन्त्रण जस्ता बिषयमा गलकोट उद्योग बाणिज्य संघसँग सहकार्य गदैं अनुगमनलाई प्रभाबकारी बनाउने, सम्भाबित जोखिम देखिएको अबस्थामा तत्कालै आईसोलेशन कक्षको स्थापना गर्ने समेत निणय गरेको गैरेले जनाकारी दिए ।





