आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

नागरिकता र राहदानी बितरण स्थगित

नागरिकता र राहदानी बितरण स्थगित


  • ढोरपाटन संवाददाता
  • चैत्र १० २०७६, सोमबार

बागलुङ, १० चैत – जिल्ला प्रशासन कार्यालय बागलुङले आइतवारदेखि नागरिकता र राहदानी बितरणमा रोक लगाएको छ ।
देशभर कोरोना बिरुद्ध सचेतना अभिायन चलाउनुपर्ने र आम नागरिकहरुपनि सुरक्षित स्थानमा बस्नुपर्ने भएकोले बितरण प्रकृया रोकिएको बताइएको छ । आइतवार प्रशासकीय अधिकृत धिरेन्द्रराज पन्तले बिज्ञप्ती प्रकाशित गरेर नागरिकता र राहदानी बितरण तथा पेन्सनकालागि सिफारिसको काम रोकिएको बताए ।
साथै आम नागरिकलाई आफ्नै घर तथा कोठामा सुरक्षित रहेर बस्न पनि आग्रह गरिएको छ । अत्यावस्यक काम बाहेक बाहिर ननिस्कनका लागि पनि आग्रह गरिएको छ । साथै शान्ति सुरक्षा र बिपत व्यवथापनको कामकालागि मात्र प्रशासनले काम गर्ने बताइएको छ । त्यसकालागि प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरिक्षक, जिल्ला प्रशासन र प्रहरीका सूचना अधिकारी, गुनासो सुन्ने अधिकारीलाई सम्पर्क गर्न पनि भनिएको छ ।
आइतवारै यातायात व्यवस्था कार्यालय बागलुङले पनि बिज्ञप्ती प्रकाशित गरेर दैनिक रुपमा भैरहेका सेवाप्रवाह रोकिएको बताएको छ ।
कार्यालयले दैनिक लाइसेन्स बितरण, परीक्षा संचालन र रिन्यु जस्ता काम गर्दै आएको थियो । ती कामहरु तत्कालकालागि रोकिएको बताइएको छ । आगामी चैत २१ गते सम्मका लागि ती सबै सेवा बन्द भएको भन्दै कार्यालय प्रमुख पारसिंह थापाले बिज्ञप्ती मार्फत जानकारी गराएका हुन् । कार्यालयमा आकस्मिक बाहेकका काम नहुने पनि उनले जनाएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->