आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

संचारकर्मीलाई मास्क र सेनिटाइजर

संचारकर्मीलाई मास्क र सेनिटाइजर


  • ढोरपाटन संवाददाता
  • चैत्र १० २०७६, सोमबार

बागलुङ, १० चैत – रोट्रयाक्ट क्लब अफ बागलुङले नेपाल पत्रकार महासंघको सहकार्यमा संचारकर्मीलाई मास्क र सेनिटाइजर बितरण गरेको छ ।
आइतवार महासंघमा आयोजित संक्षिप्त कार्यक्रममा रोट्रयाक्ट क्लब अफ बागलुङका अध्यक्ष सुमित शाहीले सामाग्रीहरु महासंघका अध्यक्ष दिल शिरिषलाई हस्तान्तरण गरे । सोही अबसरमा शिरिषले सदरमुकाममा क्रियाशिल संचार माध्यमका प्रतिनिधि र राष्ट्रिय तहमा काम गर्ने पत्रकारलाई सेनिटाइजर र मास्क दिएका थिए ।
कार्यक्षेत्रमा खटिनुपर्ने र दैनिक भीडमा समेत जानुपर्ने बाध्यता भएकोले उनीहरुलाई सामाग्री दिइएको हो । पहिलो चरणमा नमूनाको रुपमा दिइएको सामाग्री सम्बन्धीत संचारमाध्यमले उपलब्ध गराउँदै जानुपर्ने समेत उनले औल्याए । शाहीले सामाजिक उत्तरदायित्व बहन गर्नकालागि सानो सहयोग गरेको बताए । साथै यो सहयोगले आम जनतामा समेत सकारात्मक सन्देश जाने भन्दै पत्रकारहरुले गरेको सहयोगबाट सबै जनताले सूचित हुने मौका समेत पाएको बताए ।
उक्त अबसरमा धौलागिरी अञ्चल अस्पतालका क्षयकुष्ठ सुपरभाइजर देवप्रकाश घिमिरेले कोरोना भाइरस बारे हरेक नागरिक सचेत हुन आवस्यक रहेको बताए । कोरोना संक्रमणबाट बच्न भीडमा नजाने, नछोइकन बस्ने, काम गर्दा र बाहिर गएर फर्कंदा सेनिटाइजर लगाउने सुझाव दिए । घरमा बस्दा पटक पटक साबुन पानीले हात धुने समेत उनले जानकारी दिए । कार्यक्रम पत्रकार एवं रोट्रयाक्ट ताराप्रसाद शर्माले संचालन गरेका थिए ।
यसैबीच धौलागिरी अञ्चल अस्पतालले आइतवारदेखि अस्पताल परिसरमा रेपिट रेस्पोन्स टिम गठन गरेको छ । टिममा बिशेषज्ञ डाक्टर, पारामेडिकल र स्टाफ नर्स समेत रहेको हुन्छ । उक्त टिम चौबिसैघण्टा अस्पतालको गेटैमा खटिएको हुन्छ । अस्पताल प्रवेशमै हात धुन लगाउने, सेनिटाइजर लगाउने तथा अत्यावस्यक बाहेकको सेवा लिन खोजेको भए स्वास्थ्य चौकी पठाउने काम समेत टिमले गर्नेछ ।
अस्पतालमा अनावस्यक भीड नहोस् भनेर जटिल बिरामीलाइ मात्र भर्ना लिने र सामान्य उपचार स्वास्थ्यचौकीमै गर्न सुझाव पनि दिइएको छ । ‘स्वास्थ्यचौकीमा २० देखि २५ जना पुग्दैनन्, तर हरेक चौकी जाने मानिस अस्पताल आए भने सयौं हुन्छन्’ घिमिरेले भने, ‘संचार माध्यमले दिने सकारात्मक सन्देशले आम मानिसको ज्यान बच्ने र सचेत बन्ने अवसर आउँछ ।’ अझै नेपालमा संक्रमण नदेखिएकोले आत्तिन भने नहुने उनले सुझाए । साथै संक्रमित भैहालेमा पनि २ प्रतिशत मात्र मृत्यु दर भएकोले संयमित हुनुपर्ने उनको तर्क छ । अध्ययनले पनि संक्रमितबाट २ प्रतिशतको मात्र मृत्यु भएको छ । स्वास्थ्यकर्मी तर्फ भने ६ प्रतिशत मृत्युदर रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->