पोखरा, १० चैत – कोरोना भाइरसको संक्रमण भए नभएको जाँचका लागि घाँटीको ¥याल (थ्रोट स्वाव) संकलन गर्दा स्वास्थ्यकर्मीले अनिवार्य लगाउनुपर्ने पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपी) सेट पोखरा क्षेत्रमा अत्यन्तै कम छ । सुरक्षाा कवच नहुँदा अहिले अस्पतालका डाक्टरहरु नै त्रसित छन् । उनीहरु सामान्य ज्वरोको चेकजाँच गर्न पनि डराउँछन् । आइतबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा त्यस्तै भयो । सा पीपिई नेपालमै जम्मा १ हजार सेट मात्र रहेको जानकारी आएको र पोखरा क्षेत्रमा जम्मा २ सयको हाराहारीमा पिपिई सेट रहेको छ । एकपटक प्रयोग गरेपछि दोस्रो पटक प्रयोग गर्न नसकिने उक्त ‘रक्षा कवच’ पोखरामा ५ जनामात्र शंकास्पद बिरामीलाई परीक्षण गर्न प¥यो भने पनि पुग्दैन । यसअघि पोखरामा ६३ वटा पीपीई सेट रहेकोमा केही दिनअघि मात्र १ सय ५० सेट आएको थियो ।
तर, गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. बिनोदबिन्दु शर्माले संक्रमण देखिएको खण्डमा हजारौँ सेट आवश्यक पर्ने भएकाले सेटको आपूर्तिको लागि स्वास्थ्य मन्त्रालयले टेण्डर आह्वान गरेको र केही दिनभित्रमा ठूलो मात्रामा पीपिई सेट आइपुग्ने दावी गरे । नमूना संकलनको लागि भने अहिले भएका पीपिई सेटले काम चल्ने डा. शर्माको भनाई छ । पिपिई सेट पुनः प्रयोग गर्न मिल्दैन । एक सेट पिपिईको मूल्य १० हजार पर्न जान्छ । सेटमा चिकित्सक, स्वास्थ्यकर्मी तथा सहयोगीले लगाउने गाउन, हेल्मेट, मास्क, पञ्जा, बुट, इमर्जेन्सी आइवास, चश्मा लगायतका विशेष प्रकारका सुरक्षित सामग्रीहरु हुन्छन् । नेपाललाई कोरोनाको उच्च जोखिममा राखेको विश्व स्वास्थ्य संगठनले समेत नेपाललाई पिपिई खरिद गर्न सुझाव दिएको थियो ।पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निदेर्शक डा. अर्जुन आर्चायले भने अस्पतालको लागि ९८ वटा पिपिई ल्याइएको जानकारी दिए ।
पोखराको ३ अस्पतालमा फिवर क्लिनिक
पोखराको ३ वटा अस्पतालमा ज्वरो मापन स्थल (फिवर क्लिनिक) स्थापना गरिएको छ । कोरोना संक्रमण हुन नदिनको लागि पुर्व तयारी अनुसार उक्त स्थल राखिएको हो । नेपाल मेडिकल काउन्सिलले १ सय शैयाभन्दा माथिका अस्पताललाइ ज्वरो आएका र भाइरस संक्रमणका आशङ्का गरिएका बिरामी जाँच गर्न छुट्टै ज्वरो नाप्ने स्थान (फिभर क्लिनिक) सञ्चालन गर्न दिएको निर्देशन अनुसार पोखराका ३ वटा हस्पिटलले ‘फिभर क्लिनिक’ सञ्चालन् गरेका छन् ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा , मणिपाल शिक्षण अस्पताल र गण्डकी मेडिकल कलेजले ज्वरो मापन केन्द्र सञ्चालन् गरेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. बिनोदबिन्दु शर्माले जानकारी दिए । भाइरस सम्भावित जोखिम न्युनिकरणका गर्न शुरु गरिएको फिभर क्लिनिक बिहान ९ बजेदेखि ४ बजेसम्म ज्वरो आएका र भाइरस संक्रमण आशंका गरिएका बिरामीको जाँच गरिनेछ ।
यसैबीच प्रदेश स्वास्थ्य निर्देशनालयले रुघाखोकी र ज्वरो आएका बिरामीलाई आवश्यक सोधपुछ र परामर्श प्रदान गर्न ‘हेलो डाक्टर’ हटलाइन समेत लागु गर्ने निर्देशक डा. शर्माले बताए ।





