आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

पोखराबाट कोरोना परीक्षणको लागि टेकु पठाइयो

पोखराबाट कोरोना परीक्षणको लागि टेकु पठाइयो


  • विजय नेपाली
  • चैत्र १० २०७६, सोमबार

पोखरा, १० चैत  – पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले ज्वरो र रुघाखोकी लागेकी एक २२ महिने बालिकाको ¥याल परीक्षणको लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको छ ।
उनी गएको फागुन २९ गते बेलायतबाट बुबा आमासँग नेपाल आएकी थिइन् । बालिकामा ज्वरो, रुघाखाकी देखिएपनि उनका बुबा आमामा भने त्यस्तो कुनै समस्या भने छैन । ‘हामीले नमूना संकलन गरी पठाएका छौँ, त्यसको रिर्पोट ४८ घण्टा पछि आउने छ’,पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका बालरोग विशेषज्ञ रामचन्द्र बास्तोलाले भने,‘हामीले बालिकाको घाँटीको ¥यालको स्याम्पल पठाएका छौँ, त्यसको रिपोर्ट आएपछि मात्रै आइसुलेसनमा राख्नेछौँ ।’ बालिकालाई रिपोर्ट नआएसम्म भने घरमै राखिने उनले बताए । रिपोर्ट पोजेटिभ आए अस्पताल राखिने जानकारी दिए । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १० वेडको आइसोलेसन वार्ड तयार गरिएको छ । एक भेन्टिलेटरसहित ९ वेड रहेको डा. बास्तोलाले बताए । २२ महिने बालिकाको नमुना संकलन डाक्टर लक्ष्मण बास्तोलाले लिएका हुन् ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका निर्देशक डाक्टर अर्जुन आचार्यले बालिकामा देखिएको ज्वरो शंकास्पद मात्र भएको र पुष्टी नभएको हुँदा होम क्वारेन्टाइनमा राखिने जानकारी दिए । उनका अनुसार बालिकाको ¥याल प्रदेश प्रयोगशालाबाट भाइरल ट्रान्सपोर्टको माध्यमबाट राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको हो ।
तस्वीर : पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्तपालमा २२ महिने बालिकाको ¥याल (थ्रोट स्वाव) को नमूना संकलन लिएका डा.लक्ष्मण बास्तोला सुरक्षित साथ राख्दै । 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->