आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

अनाबस्यक सवारी साधन नचलाउ : प्रशासन

अनाबस्यक सवारी साधन नचलाउ : प्रशासन


  • ढोरपाटन संवाददाता
  • चैत्र १० २०७६, सोमबार

बागलुङ, १० चैत – कोरोना भाइरसको संक्रमण बाट बच्न र अनावस्यक बाहिर ननिस्कन आग्रह गर्दै जिल्ला प्रशासन कार्यालयले अनावस्यक सवारी साधन चलाउन पनि रोकेको छ ।
सोमबार बसेको जिल्ला बिपद व्यवस्थापन समितिको बैठकले मंगलवारदेखि दूध, खानेपानी, सुरक्षाकर्मी, पेट्रोलियम पदार्थ, एम्बुलेन्स र अन्य अत्यावस्यक सेवाका सवारी बाहेक अन्यलाई गुड्न नदिने निर्णय गरेको हो । बजारमा सामान्य भन्दा बढी चहलपहल देखिएपछि प्रशासन र बिपत व्यवस्थापन समितिले यस्तो निर्णय गरेको हो ।
सोमबारको बैठकपछि प्रशासनले जारी गरेको बिज्ञप्तीमा आत्यावस्यक बाहेकका सवारी गुडेमा कानून अनुसार कारवाही गर्ने निर्णय पनि गरेको हो । सोमबारदेखिनै जिल्ला प्रवेशद्वारमा पनि चेक गरेर मात्र मानिस पठाउने काम भएको थियो । साथै जिल्ला प्रवेशका गाडिलाई पनि कडाई गरिएको थियो ।
समितिको सोमबारको बैठकले बिभिन्न कार्यालयलाई आइसोलेसन वार्ड बनाउन सकिने व्यवस्था पनि गरेको छ । सदरमुकाममा रहेका सरकारी कार्यालयका कोठा खाली गरेर आवस्यकता अनुसारको आइसोलेसन वार्ड बनाउन भनिएको हो । स्थानीय स्वास्थ्य चौकी रहेका स्थानमा पनि आवस्यकता अनुसारका वार्ड बनाउन भनिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->