आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

भारतबाट आएकाहरु क्वारेन्टाइनबाट भागे

भारतबाट आएकाहरु क्वारेन्टाइनबाट भागे


  • Dhorpatan News
  • चैत्र १० २०७६, सोमबार

नेपालगञ्ज, १० चैत – भारतका विभिन्न स्थानबाट नेपाल प्रवेश गरेका नेपालीहरु क्‍वारेन्टाइनबाट ‘भागेका’ छन् । जमुनाह नाकामा अलपत्र परेका झन्डै ५ सय ४० जनालाई बाँके जिल्ला प्रशासन र नेपालगञ्‍ज उपमहानगरपालिकाले उद्धार गरेर नेपाल ल्याएको थियो । सीमा नाकामा यात्रु आवागमन रोक्ने समय १० बजेभन्दा पहिले नाकामा आइपुगेकालाई उनीहरुको ज्वरो नापेर नगर बसबाट महेन्द्र बहुमुखी क्याम्पसमा लगिएको थियो । तर र एउटै कोठामा ३०/३५ जना राखेको भन्दै उनीहरुले असन्तुष्टि जनाए । कि आफूहरुलाई घर जान दिनुपर्ने कि व्यवस्थित तरिकाले राख्‍नुपर्ने भन्दै विरोध गरेका उनीहरु सानो संख्यामा रहेका सुरक्षाकर्मीलाई अटेर गर्दै भागेका हुन् ।
नेपालगञ्ज उपमहानगरपालिकाका मेयर धवलशम्शेर जबराले पनि क्वारेन्टाइनमा राखिएकाहरु भागेको पुष्टि गरेका छन् । उनले भने, ‘नजिकैका मानिसहरु जानु भएको हो, बाँकीका लागि व्यवस्था मिलाउँदैछौं ।’
प्रहरीका अनुसार अहिले करिव २०० मानिस छन् र, उनीहरुको स्वास्थ्य जाँच भइरहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->