बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

बागलुङका एक जनाको ¥याल परीक्षणमा पठाइयो

बागलुङका एक जनाको ¥याल परीक्षणमा पठाइयो


  • ढोरपाटन संवाददाता
  • चैत्र १० २०७६, सोमबार

बागलुङ, १० चैत कोरोना भाईरस (कोभीड–१९) संक्रमणको आशंकामा बागलुङका एक जनाको ¥याल परीक्षणमा पठाईएको छ । धौलागिरी अञ्चल अस्पताल बागलुङले सोमबार शंकास्पद बिरामीको नमूना संकलन गरी परीक्षणका लागि टेकु अस्पताल पठाएको हो । पाँच दिन पहिला भारतको पटनाबाट आफ्नो घर बागलुङ आएका बिरामीमा ज्वरो, खोकी लगायतका लक्षण देखा परेपछि परीक्षणका लागि अस्पताल आएका थिए । सोमबार आएका उनको स्वासथ्य परीक्षणपछि नमूना पठाईएको धौलागिरी अञ्चल अस्पतालका नि.मेडिकल सुपरिटेण्डेड डा. पुजन बल्लले जानकारी दिए । अस्पतालले बिरामीलाई आईसोलेसनमा राखेर उपचार गरिरहेको छ । बिरामीको सोमबार भने ज्वरो नभेटिएको समेत बताइएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->