आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

लकडाउन:हातमुख नचल्नेलाई काँठेखोला गाउँपालिकाको सहयोग

लकडाउन:हातमुख नचल्नेलाई काँठेखोला गाउँपालिकाको सहयोग

यो राहत दैनिक श्रमका आधारमा हातमुख चलाउनेलाई मात्र हो ।


  • ढोरपाटन संवाददाता
  • चैत्र ११ २०७६, मंगलबार

बागलुङ, ११ चैत – कोरोना भाइरस संक्रमणको त्रासका कारण मुलुक नै लकडाउन भएको वेला काँठेखोला गाउपालिकाले आफ्ना विपन्न जनतालाई राहत सहयोग गर्ने भएको छ । सवै आआफ्ना घरमा नै वस्नुपर्ने भएपछि विहानवेलुका छाक टार्न समस्या भएका गाउँपालिकाभित्रका विपन्न जनतालाई खाद्यान्न राहत वितरण गर्न लागिएको पालिका अध्यक्ष अमर थापाले वताए । यो राहत दैनिक श्रमका आधारमा हातमुख चलाउनेलाई मात्र हो ।
‘पालिकाभित्रका विपन्न जनता, जसलाई लकडाउनका कारण विहान वेलुका छाक टार्न समस्या छ उनीहरुलाई खाद्यान्न वितरण गर्न लागेका छौ’, अध्यक्ष अमर थापाले भने, ‘प्रारम्भिक राहतको रुपमा प्रत्येक परिवारलाई एक वोरा चामल र दाल दिने तयारी गरेका छौ ।’ परिस्थिति हेरेर राहत र सहयोगको मात्रा बढाइने छ ।
खाद्यान्न राहत वडा अध्यक्ष मार्फत विपन्न परिवारको घरमा नै पुराइने ब्यवस्था मिलाइएको छ । ‘पहिला वडा वडाबाट छाक नै टर्न नसक्ने विपन्न परिवारको तथ्यांक संकलन गर्यौ, अनि त्यसैका आधारमा खाद्यान्न वितरण गर्ने तयारी गरेका हौ,’ अध्यक्ष थापाले भने ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->