बागलुङ, ११ चैत – नेपाल सरकारले स्थापना गरेको कोरोना रोकथाम राहत कोषमा ताराखोला गाउँपालिकामा कार्यरत कर्मचारी ले सहयोग गर्ने भएका छन । ।
गाउँपालिका मातहतमा कार्यरत कर्मचारीहरुले एक महिनाको १० प्रतिशत रकम जम्मा गरेर कोषमा जम्मा गर्ने प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्माले जानकारी दिए । कोभिड–१९ बाट बच्नका लागि सरकारले घोषणा गरेको राहत कोषमा थोरै भएपनि सहयोग पुगोस भनेर गाउँपालिकाका कार्यरत कर्मचारीको तर्फबाट सहयोग गर्न लागेको उनले बताए ।
गाउँपालिकाका सवै शाखा तथा वडा कार्यालयमा कार्यरत ३५ कर्मचारीको तलबबाट १० प्रतिशतले हुन आउने रु १ लाख १५ हजार कोषमा जम्मा गर्ने शर्माले बताए ।





