आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

बुधबार बागलुङ थप सुनसान

बुधबार बागलुङ थप सुनसान


  • ढोरपाटन संवाददाता
  • चैत्र १२ २०७६, बुधबार

बागलुङ , १२ चैत – ‘लकडाउन’ प्रभावकारी कार्यान्वयन गर्न भन्दै बुधबार बिहानबाट बागलुङमा सेना परिचालन भएका छन् । जिल्ला सुरक्षा समितिले मंगलवर सेना परिचालनका लागि अनुरोध गरेसँगै बुधबार बिहानबाट बागलुङमा निशेधआज्ञा सुरु भएको हो । ‘लकडाउन’ सुरुभएको पहिलो दिन मंगलबार भन्दा बुधबार बागलुङ बजार थप सुनसान देखिएको छ । पहिलो दिनको तुलनामा स्वभाविक हिसावले साना सवारीको अटेरी र आवत जावत कम भएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक नबराज भट्टले जनाकारी दिए । ‘सेना परिचालन होईन उहाँहरुको पनि सहयोग मागिएको हो । हिजो देखिनै हामि सँगै छौं’ भट्ट भन्छन् ‘मानिसहरु सचेत बनुन र घर भीत्रै बसुन भन्ने हो, नजान्ने भन्दा जान्नेहरु र ठुलाबडाले अटेरी गरिरहेका छन् ।’ दैनिक उपयोग्य सामानको खरिदका लागि बजार निस्किनु परेको बागलुङ बजारमा व्यवसाय गर्ने हिरादेवी शर्मा बताउँछिन् । ‘हामिलाई पनि त्रास छ र थाहा छ सरकारले गरेको निणर्य मान्नु पर्छ’ उनले भनिन् ‘छाक टार्ने सामान खोज्न हिँड्दा पनि अबरोध हुनुभएन नि ।’ बजारका कयौं होटल, रेष्टुँरा तथा अन्य व्यवसाय गर्ने व्यवसायीहरु समेत गाउँ फर्केका कारण बजार थप सुनसान भएको हो । कोरोना भाईरस (कोभीड–१९) का संकास्पद बिरामी बागलुङमै देखा पर्नथालेपछि सर्वसाधारणको बाहिर निस्किन थप त्रसित भएको बागलुङ बजारकै मिलन पौडेल बताउँछन् । सरकारले कुनैपनि हालतमा सबै नागरिकलाई होम क्वारेनटाईनमा बस्न र अनावश्यक रुपमा बाहि ननिस्कीन भनेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->