बागलुङ, १३ चैत -सरकारले बन्दाबस्था (लकडाउन) घोषणा गरेको तेस्रो दिन, गण्डकी प्रदेशका बिभिन्न जिल्लाका मुकामहरु सुनशाननै छन् । दोस्रो दिनको तुलनामा तेस्रो दिन सर्वसाधारण सडकमा निस्किन कमि हुँदै आएको सुरक्षा प्रमुख हरुले जनाएका छन् । लक्षण देखा परेका संकास्पद बिरामीहरुका कारणले पनि सर्वसाधारण खुलेयाम सडकमा निस्किन कम गरेका छन् । कोरोना भाइरस (कोभिड १९) रोक्न सरकारले घोषणा गरेको लकडाउनमा सर्वसाधारणको समर्थन देखापर्न थालेको छ । सरकारले अस्पताल, खाद्यान्न खरिद बिक्रि गर्ने स्थान, सञ्चार तथा सूचना लगायतका अत्यावश्यक बस्तु तथा सेवाहरुमा खुकुलु नीति नबाए पनि अरु क्षेत्रमा कडा गरिरहेकै छ । लकडाउन उल्लंघन हुने चोकमा सशस्त्र प्रहरी र ट्राफ्रिक प्रहरी परिचालित छन् । बागलुङमा सेना समेत परिचालन गरिएको छ । अघिल्लो २ दिनको तुलनामा बिहीबार सर्वसाधारण सडक र चोकहरुमा कम निस्किएका छन् । सरकारले विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रणका लागि भन्दै मंगलबार बिहान ६ देखि एक हप्ताका लागि देशव्यापी लकडाउन आह्वान गरेको थियो । विश्वभर कोरोनाबाट अहिलेसम्म २१ हजारको हाराहारीमा मानिसको ज्यान लिइसकेको छ भने लाखौं संक्रमित छन् ।
भिडियो तथा तस्बिरहरु :















