आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

श्वास प्रश्वासमा समस्या आएपछि प्रधानमन्त्री अस्पताल भर्ना

श्वास प्रश्वासमा समस्या आएपछि प्रधानमन्त्री अस्पताल भर्ना


  • ढोरपाटन संवाददाता
  • चैत्र १४ २०७६, शुक्रबार

काठमाडौं, १४ चैत – मिर्गौला प्रत्यारोपण गरी आराम गरिहेका प्रधानमन्त्रीलाई स्वास्थ्य समस्या देखिएपछि बिहीबार राति अस्पताल भर्ना गरिएको छ।  उनको श्वास प्रश्वासमा समस्या देखिपछि बिहीबार  राति साँढै १० बजेतिर त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा लगिएको अस्पताल स्रोतले जानकारी दिएको छ ।
स्रोतका अनुसार प्रधानमन्त्रीको स्वास्थ्यमा कुनै गम्भीर समस्या छैन । शुक्रबार नै उनलाई डिस्चार्ज गर्ने तयारी छ । प्रधानमन्त्री ओलीको यही फागुन २१ गते त्रिवि शिक्षण अस्पताल महाराजगंजमा दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो । फागुन ३० गते अस्पतालबाट डिस्चार्ज भएका ओली चिकित्सकको निगरानीमा प्रधानमन्त्री निवास बालुवाटारमै आराम गरिरहेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->