काठमाडौँ, १३ चैत – कोरोना भाइरस (कोभिड-१९) बाट संसारभर ४ लाख ७८ हजार ३ सय ३१ जना संक्रमित भएका छन् ।यो समाचार तयार पार्दासम्म यसका कारण २१ हजार ५ सय २४ जनाको मृत्यु भइसकेको छ । त्यस्तै १ लाख १५ हजार ६ सय ६८ जना पूर्णरुपमा निको भइसकेका छन् भने बाँकी उपचारमै छन् । बिहीबार सम्म हुने मृत्युदर भने प्रति १ मिलियन जनसंख्यामा २.८ प्रतिशत पुगेको छ । वर्ल्ड मिटर्सका अनुसार कोरोना भाइरस विश्वभरी १९८ वटा देशहरुमा फैलिइसकेको छ ।गत डिसेम्बरमा चीनबाट सुरु भएको कोरोना भाइरसका कारण सबैभन्दा बढी इटालीमा ७ हजार ५ सय ३ जनाको मृत्यु भइसकेको छ भने ७४ हजार बढी संक्रमित छन् ।त्यस्तै, स्पेनमा ३ हजार ६ सय ४७ जनाको मृत्यु भइसकेको छ भने चीनमा ३ हजार २ सय ८७ जनाको मृत्यु भएको छ । विश्वभरी नै तीव्र गतिमा फैलिएको कोरोना भाइरसका कारण संसारभरका देशहरुले लकडाउन गरेका छन् । यसका कारण इरानमा २२ सय बढीको मृत्यु भइसकेको र करिब ३० हजार संक्रमित छन् भने अमेरिकामा १ हजार भन्दा बढीको मृत्यु भएको छ भने करिब ७० हजारमा संक्रमण देखिएको छ ।






