बागलुङ, १४ चैत – लकडाउन हुनुपूर्व मुस्ताङ पुगेका ६८ जना पर्यटक अलपत्र परेका छन् । अन्नपूर्ण चक्रिय पदमार्ग हुँदै मुस्ताङ पुगेका उनिहरुको उद्धार हुन नसकेको हो । देशनै लकडाउन भएपछि सरकारले त्यहाँ पुगेका २१ मुलुकका पर्यटकको उद्धार थालेको थियो । १ सय २१ जनाको उद्धार गरेर काठमाण्डौ पु¥याएको भएपनि ६८ जना भने मुस्ताङमै रहेको त्यहाँबाट पत्रकार निरज थकालिले जानकारी दिए । अलपत्र रहेका पर्यटकहरुलाई पनि उद्धार गरि काठमाण्डौ पठाउने काम गरिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले बताए । अमेरिका, फ्रान्स, जर्मन, इटाली, स्पेन, क्यानडा, पोर्चुगल, बेलायत, कुक्रेन, न्युजील्याण्ड लगायतका मुलुकका पर्यटकहरुलाई बस मार्फत पोखरा हुँदै काठमाण्डौ पठाईएको हो । मुस्ताङमा बाँकि रहेका अन्य पर्यटकको स्वास्थ जाच भई मुस्ताङ्गकै होटलमा राखिएको प्रजिअ अर्यालले जानकारी दिए । ‘‘कोरोनाको सतर्कतासंगै मुस्ताङ भित्रने सडकमा पूर्ण रुपमा रोक लगाइएको छ,तर मनाङ भएर थोरङ्लापास गरेर आएका पर्यटकहरु यही नै अल्पत्र पर्न थालेपछि सम्बन्धित मुलुकका राजदुताबाससंगको समन्वयमा उनीहरुलाई उद्धार गरि पठाएका हौँ’’–प्रजिअ अर्यालले भने । हाल बाकि ६८ जना पर्यटकलाई अर्को सु्चना नआउनेबेलासम्म मुस्ताङ्गमै राखिने बताए ।





