आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

उपप्रधानमन्त्री पोखरेलले गरे मुख्यमन्त्रीहरुसँग भिडियो कन्फेरेन्स

उपप्रधानमन्त्री पोखरेलले गरे मुख्यमन्त्रीहरुसँग भिडियो कन्फेरेन्स


  • Dhorpatan News
  • चैत्र १४ २०७६, शुक्रबार

काठमाडौँ, १४ चैत – कोरोना रोकथाम तथा र नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक रहेका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सातै प्रदेशका मुख्यमन्त्रीसँग भिडियो कन्फेरेन्स गरेका छन् ।उनले शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारबाट भिडियो कन्फेरेन्समार्फत छलफल गरेका हुन् ।छलफल क्रममा उच्चस्तरीय समन्वय समितिको निर्णय, नीति तथा कार्यक्रमका बारेमा मुख्यमन्त्रीहरुलाई जानकारी गराइएको थियो । कन्फेरेन्समा निर्णयहरु कार्यान्वयनबारे पनि छलफल भएको थियो ।कन्फेरेन्समा मुख्यमन्त्रीहरुले प्रदेशको अवस्थाबारे जानकारी गराएका थिए । कोरोना संक्रमणको तीव्र फैलावटलाई रोक्न सरकारले चैत ११ गतेदेखि लकडाउन गरेको छ ।आजै उच्चस्तरीय समन्वय समितिको बैठक बस्न लागेको पनि बताइएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->