स्याङ्जा, १४ चैत – स्याङ्जामा गोली लागेर एक जना प्रहरी हवल्दारको मृत्यु भएको छ । हरिनाश गाउँपालिका २ को चिसापानी प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दार रवीन्द्र पौडेलको शुक्रबार ज्यान गएको हो ।
पोखरा महानगरपालिका – २६ घर भएका पौडेल चौकीको स्टोरमा काम गर्ने बेला गोली लागेको र उपचारका लागि पोखरा ल्याउँदै गर्दा मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।
घटनाको थप विरवरण आउन बाँकी छ ।





